birat ribon

३ भारतीय सहित नेपालमा कोरोना संक्रमित १६ पुगे , बेलायतबाट आएका आमाछोरापनि पोजेटिभ

Neuro
३ भारतीय सहित  नेपालमा कोरोना संक्रमित १६ पुगे , बेलायतबाट आएका आमाछोरापनि पोजेटिभ

काठमाण्डौ , २ बैसाख । बेलायतबाट एक महिना अघि आएर पेप्सीकोला टाउन प्लानिङमा स्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना पोजेटिभ फेला परेपछि नेपालमा संक्रमितको संख्या १६ पुगेको छ ।

Padelux insider
cura insider

५ चैतमा श्रीमान श्रीमती र सासुआमासँगै बेलायतबाट आएका एकै परिवारका तीन जनामा बैशाख १ गते आरडीटी (¥यापिड डाइग्नोष्टिक) विधिबाट परीक्षण गर्दा ५८ बर्षिय छोरा र ८१ बर्षिय आमा पोजेटिभ देखिएको थियो ।

पाटन अस्पतालमा पिसिआर विधि (स्वाव नमुना परीक्षण) बाट पुन परीक्षण गर्दा २ जनामा कोरोना भाइरस पोजेटिभ पाइएको छ । एक जनाको रिर्पोट आउन अझै बाँकी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेका छ ।

हाल पाटन अस्पतालमा भर्ना भएर आइलोसनमा उपचार गराइरहेका उनीहरुले बेलायतबाट फर्केर आएपछि आफुहरु सुरक्षित ढंगले आफनो अपार्टमेन्टमा बसिरहेको र कसैलाई संक्रमण नगरेको वताएका छन ।

बेलायतबाट फर्केर आएपछि १४ दिन हामी गुपचुप होमक्वारेन्टाइनमा बस्यौ केही लक्षण नदेखिएपछि थप ८ दिनपनि बस्यौ तर केही देखापरेको बताएका छन ।

सरकारले बिदेशबाट आएकाहरु सबैलाई परिक्षणकालागि आउन कडाइका साथ आव्हान गरेपछि उनीहरु सोमवार रयापिड टेस्टकालागि सम्पर्कमा आएका थिए ।

संक्रमितको कहाँ हदैछ उपचार

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा कैलालीको सेती अस्पतालमा ५, वीरगञ्जको नारायणी अस्पतालमा ४, बागलुङको धौलागिरी अस्पतालमा २ जनाको उपचार भइरहेको छ ।

यसैगरी राष्ट्रिय प्रयोगशाला टेकुमा २ र पाटन अस्पतालमा २ पनि संक्रमितको उपचार भैरहेको छ । एक जना संक्रमित उपचारपछि घर फर्किइसकेका छन ।

६ हजार २ सय ९९ जनाको परीक्षण

सरकारले परीक्षणको दायर फराकिलो बनाएको छ । अहिलेसम्म स्वाव नमुना परीक्षण (पिसिआर) विधिबाट ६ हजार २ सय ९९ जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ मा ५ सय ८४ वटा नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा मात्रै ४ हजार ८ सय १९ वटा जनाको परीक्षण भएको पछिल्लो २४ घण्टामा मा ३ सय ८७ जनाको नमुना परीक्षण गरिएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो । प्रयोशाला बाहिर अहिलेसम्म १ हजार ४ सय ८० जनाको नमुना परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै मा १ सय ९७ वटा परीक्षण भएका छन् । रयापिड डाइग्नोष्टिक विधि (आरडिटी) बाट अहिलेसम्म ६ हजार ६ सय ७ वटा परीक्षण भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै मा १३ सय १६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले ५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन् ।

उपत्यकामा १२ र उपत्यकाबाहिर ८७ गरी ९९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । र्यापिड किटलाई विदेशबाट आएका व्यक्तिहरुको परीक्षणलाई तिव्रता दिइएको छ ।

देशभरी नै किट वितरण गरिएपनि अझै २१ जिल्लामा परीक्षण हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

कोराना जाँचकालागि १६ हजार ५ सयले नाम दर्ता गराए

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमण जाँचकालागि देशभरि १६ हजार ४ सय ४८ जनाले अनलाइन मार्फत नाम दर्ता गराइसकेका छन ।

मन्त्रालयले सञ्चालमा ल्याएको कोभिड १९ डट जिवओभी डट एनपी साइट ४ लाख बढीले हेरिसकेको छन । यसैगरि ४४ हजारले एप डाउनलोड गरिसकेका छन ।

२ हजार ७ सय ८८ जनाले कलसेन्टरबाट सेवा लिइसकेका छन ।

jackson ribon