क्वारेन्टाइकालागि मदर्साहरु दिन मुस्लिम आयोगको आग्रह

काठमाण्डौ ,२ बैसाख । देशभरी रहेका मुस्लिम बालवालिकाहरु पढने आवासिय बिद्यालयहरु (मदर्सा) हरुलाई क्वारेन्टाइनकालागि प्रदान गरेर सहयोग गर्न राष्ट्रिय मुस्लिम आयोगले आग्रह गरेको छ ।

विपतको घडीमा मदर्साहरु क्वारन्ेटाइनमा दिन चाहनेहरुलाई तुरुन्त जानकारी गराउ आयोगले मंगलबार बिज्ञप्ती जारी गर्दै आग्रह गरेको हो ।


मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारीले कोरोना भाइरसको संक्रमण बढेमा सरकारलाई थप क्वारेन्टाइन आवश्कय पर्ने भएकोले मुस्लिम समुदायले सुबिधा सम्पन्न मदर्साहरु सरकारलाई प्रदान गरेर सहयोग गर्न सकिन्छ भनेका छन ।

उनका अनुसार देशमा धेरै जिल्लामा खानेपानी , बिजुली , भन्सा घर , शौचालय , स्नान गृह र आवास भवन अनि खुल्ला मैदान भएका सुबिधा सम्पन्न मदर्साहरु रहेका छन ।

आयोग अध्यक्ष अन्सारीले कोरोना संक्रमण रोकथामकालागि भैरहेको लकडाउनलाई पुर्ण पालना गर्न देशभरिका मुस्लिम समुदायहरुलाई अनुरोध पनि गरेको छ ।

Loading...