birat ribon

लकडाउनमा पत्रकारिता समस्याबारे पत्रकार महासंघ डिजिटल छलफल गर्दै

Neuro
लकडाउनमा पत्रकारिता समस्याबारे पत्रकार महासंघ डिजिटल छलफल गर्दै

काठमाण्डौ , २ बैसाख । कोरोना भाइरस संक्रमणको जोखिमले नेपाली पत्रकारिता क्षेत्रमा पारेको असरप्रभाव र समाधानको पहलकालागि नेपाल पत्रकार महासंघले डिजिटल लाइभ छलफल कार्यक्रम आयोजना गर्दैछ ।

cura insider

मंगलबार दिउँसो अहिले १ बजे नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना र महासंघको डिजिटल मिडिया समितिको संयोजनमा कोरोना भाइरस संक्रमण र पत्रकारका समस्या विषयमा #LIVE #FNJ_Nepal # डिजिटल छलफल कार्यक्रम आयोजना गर्न लागेको हो ।

छलफलमा पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य, पुर्व सभापति श्री सुरेश आचार्य, पुर्व अध्यक्ष शिव गाउँले, महासचिव रमेश विष्ट,सहित नेपाल पत्रकार महासंघ नेपाल पत्रकार महासंघका सातै प्रदेशका अध्यक्षहरु प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यष किशोर श्रेष्ठ, न्युतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष, श्री राजेन्द्र अर्याल सहभागी हुनेछन ।

छलफलले लकडाउमा नेपाली पत्रकारिता क्षेत्रमा पारेको असर प्रभावाबारे डिजिटल छलफल गरेर समाधानकालागि निष्कर्ष निकाल्ने महासंघ केन्द्रिय समितिले जनाएको छ । छलफल तलको लिंकमा गएर हेर्न सकिनेछ । https://www.facebook.com/FNJCenter/ https://www.facebook.com/FNJCenter/

jackson ribon