तरकारी भ्यानमा लुकेर नेपाल छिरे १४ भारतीय, ग्यास बिक्रेता प्रहरीसँग असन्तुष्ट

विराटनगर, २ बैशाख । पूर्वी नाका काँकरभिट्टाबाट तरकारीको गाडीमा लुकेर प्रवेश गरेका १४ जना भारतीयलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । काँकडभिट्टा नाकाबाट तरकारीको गाडीमा लुकेर आएका भारतीयलाई सुनसरीको इनरुवामा सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

आइतबार राति काँकडभिट्टा नाकाबाट तरकारी बोक्ने पिकअप भ्यानमा उनीहरु नेपाल प्रवेश गरेको खुलेको छ । कोशी व्यारेजतर्फ जाँदै गरेका उनीहरुलाई इनरुवा ३ सखुवागाछीबाट सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिएका हुन् । भारतको दरभंगा घर भएको बताउने भारतीय नागरिकहरु भारतमा लकडाउनका कारण सवारीसाधनहरु बन्द भएकाले काकँडभिट्टा नाकाबाट प्रवेश गरेका थिए । उनीहरुले कोशी व्यारेजको बाटोबाट भारत जान हिँडेको बताएका छन् । हाम्रोमत दैनिकको अनलाइनमा खबर छ ।

अत्यावश्यक सेवामा पर्ने ग्यासको विक्री वितरणमा प्रहरीले अवरोध गरेको भन्दै ग्यास विक्रेताले आपति जनाएका छन् । शहरी क्षेत्रका अधिकांश घरमा दैनिक इन्धनको रुपमा खपत हुदै आएको ग्यास बिक्रीगर्दा प्रहरीले विक्रेता तथा रिक्सावालाहरुलाई बाटोमा रोकेर अनावश्यक दुःख दिने गरेको भन्दै बिक्रेताहरुले प्रहरी प्रशासनकै ध्यानाकर्षण गराएका छन् ।

लकडाउनको समयमा पनि अत्यावश्यक सेवा सुचारु गर्ने सरकारको निर्णय भएपनि प्रहरीले ग्यासको बिक्री वितरणमा अवरोध पु¥याउन थालेको ग्यास विक्रेता संघ प्रदेश १ का अध्यक्ष सरलराज पोखरेलले बताए । उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

Loading...