birat ribon

लकडाउनमा मंगलबारदेखी सवारी चलाउन ई–पासको व्यवस्था

Neuro
लकडाउनमा मंगलबारदेखी सवारी चलाउन ई–पासको व्यवस्था

काठमाण्डौ , १ बैसाख । संघिय सरकारले लकडाउनको अवस्थामा अत्यावस्यक सवारी साधान सञ्चालनका लागि ई–पासको व्यवस्था गर्न थालेको छ ।

Padelux insider
cura insider

गृह मन्त्रालयले सोमबार कोेभिड–१९ रोकथाम तथा नियन्त्रणको समयमा मंगलबारदेखी अनलाइन मार्फत फारम भरेर सवारी पास लिन सकिने जानकारी गराएको छ ।

गृह मन्त्री रामबहादुर थापा (बादल)ले सामाजिक दुरी कायम गर्न देशभर लकडाउन गरिएको अवस्थामा पास प्रकृयालाई सहज बनाउन ई–पासको व्यवस्था गरिएको बताए ।

तर उनले अनलाइन प्रणालीमार्फत ई–पास दिने व्यवस्था भएपनि सरकारले सकेसम्म कम पास वितरण गर्ने नीति लिएको जानकाी गराए । उनका अनुसार अत्यावस्यक काम परेकाहरुले मात्र सवारी पास पाउनेछन । ईपासकालागि www.epass.moha.gov.np मार्फत विवरण भरेर पठाउन सकिन्छ ।

ई–पास लिनका लागि व्यक्तिगत र सवारी साधनको विवरण स्पस्टसँग खुलाउनुपर्ने छ । यस्तै परिचयपत्र अपलोड गर्नुपर्ने छ भने ई–पास आवश्यक पर्नुको कारण र अवधि पनि खुलाउनेपर्ने छ ।

यसबाहेक अत्यावश्यक काम पृष्टि गर्ने अस्पतालको कागज, कार्यालयको सिफारिस, मृत्यु खुल्ने कागजात वा तस्बिर समेत अपलोड गर्न सकिने छ ।

दुर्गम जिल्लाहरु र इन्टरनेटको पहुँच नभएका ठाउँमा भने पुरानै विधिबाट जिल्ला र इलाका प्रशासन मार्फत सवारी पासन लिनुपर्नेछ ।

jackson ribon