काठमाडौ १ बैसाख । होस्टल व्यवसायीहरूले सरकारलाई क्वारेन्टाइन स्थल निर्माण गर्न एक हजार बेड सहयोग गर्ने घोषणा गरेका छन ।
नेपाल होस्टल एसोसिएसनका अध्यक्ष भक्ति पाठकले सोमबार नयाँ बर्षमा शुभकामना सन्देश दिदै यस्तो घोषणा गरेका हुन् ।
उनले राज्यले आवश्यक ठानेको खण्डमा कोभिड–१९ का सम्भावित संक्रिमतहरुकोलागि आवश्यक पर्ने क्वारेन्टाइन निर्माण गर्न भवन सहितको एक हजार बेड उपलब्ध गराउन तैयार छौ ।
अध्यक्ष पाठकले भनेका छन , ‘यो बेला सबै क्षेत्र, वर्ग, व्यवसायी र समुदायले सरकारलाई सहयोग गर्ने समय भएकोले कर्तब्यबोध गर्दै यो निर्णय गरेका हौ ।’
एसोसिएसनका केन्द्रीय सल्लाहकार दीपक बरालले सरकारलाई आवश्यक परेको खण्डमा तीन सय भन्दा बढीलाई क्वारेन्टाइनमा राख्न सक्ने गरिको संरचना आफु एक्लैलेउपलब्ध गराउने घोषणा गरेका छन
नेपालभरी १२ सय भन्दा बढी होस्टल रहेका छन् । एसोसिएसनले काठमाडौँ बाहिर मोरङ, चितवन, रुपन्देही र काभ्रे जिल्लामा आवश्यक पर्ने क्वारेन्टाइनका लागी बेड र भवन उपलब्ध गराउने सक्ने बताएको छ ।