काठमाडौं, १ वैशाख । कोरोना भाइरसको संक्रमणको जोखिमलाई कम गर्नका लागि सरकारले लागू गरेको लामो लकडाउनले जनजीवन प्रभावित भएको छ ।

यस समयमा आम मानिसको दैनिकी प्रभावित भइरहेकै छ यसको साथ साथै जनावर पनि भोक भोकै परेका छन् ।
यस्तो अवस्थामा विभिन्न व्यक्तिहरूले पशुपक्षी तथा चराचुरुङ्गीलाई व्यक्तिहरूले आफ्नो ठाउँबाट सक्दो सहयोग गरिरहेका छन् ।
नेपाली सेलिब्रेटीहरूले पनि आ-आफ्नो घर वरिपरि देखिने यस्ता निर्दोष जनावरलाई सहयोग गर्दै र अरुहरूलाई पनि गर्न अपिल गर्दै आएका छन् ।
यस्तैमा अभिनेत्री वर्षा राउतले पशुपक्षिहरूलाई ठाउँ ठाउँ गएर खुवाएकी छिन् ।
आइतबार बिहान उनले काठमाडौँको टेकु हुँदै इन्द्रायणी, शोभा भगवती, विजेश्वरी, स्वयम्भू, बुढानीलकण्ठ, नक्साल भगवती, कमलपोखरीलगायतका स्थानमा पुगेर खानेकुरा खुवाएकी हुन् ।
उनी साथै उनका टोलिले बाँदर, कुकुर, गाई, चराचुरुङ्गी र माछालाई बिस्कुट, चामल, मकै, गहुँ, केरा, पानीलगायतका आहार दिएका हुन् ।