birat ribon

कोरोना भाइरस बिरुद्ध बिजय हासिल गर्न प्रधानमन्त्री ओलीको शुभकामना

Neuro
कोरोना भाइरस बिरुद्ध बिजय हासिल गर्न प्रधानमन्त्री ओलीको शुभकामना

काठमाण्डौ , १ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीहरुलाई कोरोना भाइरसबाट बँच्न र संक्रमण भएकाहरुलाई विजय हासिल गर्न सक्नुहोस भन्दै शुभकामना दिएका छन ।

cura insider

सोमबार नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिंदै प्रम ओलीले महामारीको बिचमा बसेर असहज परिस्थितिमा भारी मनका साथ नयाँ वर्षको शुभकामना दिनुपरेको बताउदै कोभिड–१९ संक्रमणको महामारीलार्य सबैले परास्त गर्न सफल हुने विश्वास व्यक्त्त गरे ।

कोरोना भाइरसको संक्रमणको जोखिम नभएको भए देशमा आर्थिक विकासका गतिविधिहरुको विश्लेषण र विमर्श अबस्था स्मरण गदैृ प्रम ओलीले संक्रमणको जोखिम कम भएपछि सबै गतिविधिहरुलाई अगाडि बढाउने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस महामारीका कारण भयाभह अवस्था सिर्जना भई सामाजिक सम्बन्ध जोडने धागो टुटेको भन्दै कोरोना विरुद्धको लडाइँ जित्न सबै नागरिकहरुमा एकता र आत्मविश्वास सहितको उच्च मनोबलको खाँचोपरेको बताए ।

उनले महामारीको संक्रमणको चपेटामा परेका सबैको अभिभावकत्व सरकारले लिने जानकारी गराए । प्रम ओलीले आफैलाई जोखिममा राखेर उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु र अहोरात्र खट्ने सुरक्षाकर्मीहरुको व्यक्तिगत र व्यवसायीक सुरक्षामा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाए ।

अधिकांश नागरिकहरुमा कोरोना भाइरसबारे आधारभूत जानकारी पुगेको र त्यसबाट जोगिन अपनाउनुपर्ने कदमबारे सचेत रहेको विश्वास प्रधानमन्त्री ओलीले सम्बोधनमा व्यक्त गरे ।

उनले आउँदो साता सम्ममा महामारीको वेगको पूर्वानुमान हुनसक्ने र त्यसपछि मात्र समग्रमा मूल्याङ्कन गरी सरकार अगाडि बढ्ने बताए ।

३ बैसाखमा लकडाउनको दोस्रो समायवधि पुरा हुनेभएकोले दुई दिनभित्र आगामी लकडाउन हुने नहुने सरकारले प्रस्ट पार्ने प्रम ओलीले जानकारी गराए ।

जस्तोसुकै प्रतिकूल अवस्थामा पनि आपूर्ति प्रणालीलाई कमजोर हुन नदिन सबै तहका सरकार प्रतिबद्ध रहेको प्रम ओलीले आश्वासन दिए ।

प्रधानमन्त्री ओलीले सरकारले अर्थतन्त्रको पुनरुत्थानको प्याकेज नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गरिने समेत बताए ।

उनले कोरोना भाइरसको महामारी समाप्त नभएसम्मका लागि आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने घोषणा गरे ।

jackson ribon