विराटनगर १ वैशाख । आज २०७७ साल १ वैशाख नेपालीहरूको नयाँ वर्ष कोरोना भाइरसका कारण गरिएको लकडाउनमा नै सीमित भएको छ ।

नयाँ वर्षको दिन नेपालका चर्चित हास्य कलाकार तथा अभिनेता दीपकराज गिरी, हास्य कलाकार शिवहरि पौडेल र अभिनेता दयाहाङ राईकोको आज जन्मदिन परेको छ ।
कोरोनाको संक्रमणको जोखिम रोकथामको लागि भएको लकडाउनबीच उनीहरू आफ्नो जन्मदिन घरमै मनाउँदै छन् ।
यी तीन आ-आफ्नो कलाकारिता क्षेत्रमा छुट्टै नाम र पहिचान बनाउन सफल छन् । दीपकराज गिरी निकै रुचाइएका हास्य कलाकार हुन् ।
रेडियो कार्यक्रम तथा टेलिसिरियल हुँदै स्थापित भएका यी कलाकार हाल फिल्म निर्माणमा सक्रिय छन् ।
उनले निर्माण गरेका ३ फिल्म छ एकान छ, वडा नं. छ र छक्का पञ्जा सर्वाधिक रुचाइएका फिल्म हुन् ।
शिवहरि पौडेल नेपाली चलचित्र फिल्मका हास्य कलाकार हुन् ।
हास्य कलाकार शिवहरि पौडेल दर्शकमाझ ‘मुखमा हानु जस्तो’ थेगोबाट बढी चिनिएका छन् ।

जितु नेपालसँग मिलेर ११ वर्षदेखि टेलिचलचित्र ‘जिरेखुर्सानी’ लेखन, निर्माण, निर्देशन एवं अभिनय गर्दै आएका छन् ।
दयाहाङ राई एक नेपाली अभिनेता, निर्देशक र नाटक लेखक हुन् जसले नेपाली सिनेमामा कामका लागि परिचित छन् ।
उनी नेपालका सबैभन्दा लोकप्रिय र प्रशंसित अभिनेता हुन् ।

उनले ४० वटा भन्दा बढी फिल्महरूमा अभिनय गरिसकेका छन् र उनी नेपालका अग्रणी समकालीन कलाकारहरूमध्ये एक हुन् ।