Rumpum

Rumpum Advertisement

लकडाउनबारे सरल जानकारी

लकडाउनबारे  सरल जानकारी

कोरोना भाइरस संक्रमण रोकथामकालागि ११ चैतदेखी नेपालमा निरन्तर लकडाउन भैरहेको छ । र संक्रमण रोकथाम नियन्त्रण नभैसकेकोले अझै लकडाउन लम्बिने निश्चित छ ।

तर लकडाउनवारेको बुझाई प्रस्ट नहुँदा धेरै मानिशहरु आत्तिन थालेका छन । तर लकडाउन कुनै हडताल वा कर्फ्यू होइन । यो महामारीबाट जोगिन उत्तम उपाय हो । स्व अनुशासन हो ।

लकडाउनको मुख्य उद्देश्य भनेको एक ठाउँको मानिश अर्को ठाउँमा नजावोस र विपत्ती नफैलावोस भन्ने हो ।

लकडाउनमा जो जहाँ छ उ त्यही बस्नुपर्छ । भीडभाडले विपतको जोखिम बढाउने हुँदा त्यसलाई नियन्त्रण गर्न अति आवश्यक मानिन्छ । यसैले मानिशहरुको भीड हुने सबैखाले संस्थाहरु बन्द गराइन्छन र केन्द्रहरुमा आवतजावत नियन्त्रण गरिन्छ ।

लकडाउनलाई कर्फ्यूसँग तुलना गरेर डराउनुपपदैन । आउनुस लकडाउनबारे फेरि सरल तरिकाले विस्तारमा बुझने कोशिश गरौ ।

लकडाउन भनेको के हो ?

१। लकडाउनको अर्थ तालाबंदी हो।

२। लकडाउन एक आपतकालीन प्रणाली हो जुन कुनै प्रकोप या महामारीको समयमा लागू गरिन्छ।

३। लकडाउन गरिएको क्षेत्रका मानिसहरुलाई घर बाहिर जानको लागि अनुमति हुन्न् ।

४। तिनीहरूलाई औषधि, खानेकुरा र पेयजस्ता आवश्यक चीजहरू किन्न मात्र बाहिर जाने अनुमति पाईन्छ, यो बेलामा बैंकबाट पैसा निकाल्न जान पनि मिल्छ।

५। जसरी संस्था वा कारखानालाई बन्द गरिन्छ र त्यहाँ तालाबंदी गरिन्छ, त्यस्तै लकडाउन भनेको तपाई सडकमा अनावश्यक कामको लागि घरबाहिर निस्किन मिल्दैन।

६। लकडाउन सार्वजनिक सुविधा र सुरक्षाको लागि गरिन्छ।

७। सबै निजी र सम्झौता कार्यालयहरू बन्द रहन्छन्, सरकारी कार्यालयहरू जो आवश्यक श्रेणीमा पर्दैनन् पनि बन्द रहन्छन्।

के हामी लकडाउनमा काम गर्न जान सक्छौ ?

लकडाउन को क्रममा निजी कम्पनीहरूको कामदारहरूलाई घरबाट काम गर्ने निर्देश दिइएको छ। संघ र प्रदेश सरकारले उनीहरूको तर्फबाट दैनिक ज्याला,मजदुरहरुलाई आर्थिक सहयोग दिने कुरा गरेको छ।

सरकारले कम्पनीहरूलाई लकडाउन अवधिमा मजदुर , कर्मचारीको तलब नकाटन पनि भनेको छ ।

लकडाउनमा अति आवश्यक उद्योगहरु औषधी , स्वास्थ्य सामग्री , खादयान्न , ग्याँस , पानी , खानेतेल , आदि उद्योगहरु सञ्चालन गर्न रोक छैन ।

तर समाजिक दुरी कायम गर्ने र संक्रमण हुन नदिन पर्याप्त सुरक्षा सर्तकता चाँही अपनाएको हुनुपर्छ ।

शैक्षिक संस्थान र यातायात किन बन्द ?

लकडाउनको समयमा सबै स्कूल, शैक्षिक संस्थान र कोचिंग बन्द रहनेछन। नियम अनुसार बिना पासको सड़कमा गाडी चलाउन पनि पाइदैन ।

आवश्यक काम भएमा मात्र सड़कमा निष्क्न मिल्छ। खादयान्न र औषधी पसलहरु समाजिक दुरी बनाएर सर्तकतासाथ मात्र खोल्न र किनबेचन गर्न मिल्छ ।

सामानहरूको होम डेलिभरी

लकडाउनमा घरबाट बाहिर निस्कनु भन्दा ईकमर्सको माध्यमबाट खाद्यान्न वस्तु, औषधि, मेडिकल उपकरणको होम डेलिभरी उपभोग गर्नु उचित हुन्छ।

वेबसाइटमा अर्डर गरेर घरमा आवश्यक सामानहरू अर्डर गरेर मगाउन सकिन्छ । ठूला सपिंग सेन्टहरुले यो सेवा दिइरहेका छन ।

लकडाउनमा आवश्यकता भन्दा धेरै खादयान्न स्कट गरेर राख्नुपर्छ ?

लकडाउन सधैकालागि हुदैन । महामारीको खतरा नटरुन्जेल सम्म मात्र रहन्छ । यसैले लकडाउनबाट डराउनु पर्दैन।

ऋणपान गरेर वा अधिक पैसा खर्चेर धेरै सामान किन्नु पनि पर्दैन। सरकारले दैनिक उपभोग्य सामानहरु बेच्ने पसलहरू बन्द गराउदैन, आपुर्ति पनि जारी रहन्छ ।

यातायातमा लागेको प्रतिबन्धले बस्तुहरु ढुवानी समयमा नहुँदा केही अभाव हुन सक्छ तर आत्तिहाल्नु पर्दैन । आपुर्ति सहज बनाउने जिम्मा सरकारले लिन्छ ।

कोरोना भाइरस संक्रमण रोकथामकालागि कुन देशहरूमा लकडाउन भएको छ ?

चीन, डेनमार्क, अल साल्भाडोर, फ्रान्स, आयरल्यान्ड, इटली, न्यूजील्याण्ड, पोल्याण्ड र स्पेन , नर्बे , भारत , नेपाल लगायत धेरै देशमा लकडाउन छन ।

कोरोनाभाइरस संक्रमणको संक्रमण पहिलो पटक चीनमा फैलिएको थियो । यसैले पहिलो लकडाउन चीनमै भएको थियो।

इटलीमा यो कुरा गम्भीर बनेपछि मात्र त्यहाँका प्रधानमन्त्रीले पूरै देशमा लकडाउन घोषणा गरेका थिए । त्यसपछि स्पेन र फ्रान्सले पनि कोरोना संक्रमण रोक्नको लागि लकडाउन लागू गरे ।

इतिहासमा लकडाउन कहिले कहिले भएको थियो ?

१। १९ अप्रेल २०१३ मा बोस्टन शहरलाई आतंककारीहरूको खोजीमा लकडाउन गरिएको थियो।
२। दिसंबर २००५ मा, न्यू साउथ वेल्स पुलिसबलले दंगा रोक्नको लागि लकडाउन गरेको थियो।
३। अमेरिकामा ९ र ११ को आतंकवादी हमला पछि, तीन दिनको लकडाउन गरिएको थियो।

संकलक , प्रियंका पेड़ीवाल अग्रवाल