कोरोना उपचार केन्द्रलाई आईसीयु बेड हस्तान्तरण

विराटनगर । विराटनगरस्थित नवनिर्मित कोभिड–१९ उपचार केन्द्रलाई २ थान आईसीयु बेड हस्तान्तरण गरिएको छ । आईतबार राउण्ड टेबल विराटनगरले अस्पताललाई २ लाख रुपैयाँ बराबरको आईसीयु बेड हस्तान्तरण गरेको हो ।

प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र कोशी अस्पतालकी मेसु संगीता मिश्रालाई विराटनगर राउण्ड टेबल नं. ५ र काठमाडौं राउण्ड टेबल नं. ४ को संयुक्त लगानीमा बेड हस्तान्तरण गरिएको हो । हाम्रोमत दैनिकको अनलाइनमा खबर छ ।

सुनसरीको रामधुनीमा एक बालकले आत्महत्या गरेपछि आत्महत्यामा नयाँ बहस सुरु हुन थालेको छ । रामधुनी नगरपालिका–५ भमरीचोकका १२ वर्षीय उसब श्रेष्ठले झुण्डिएर आत्महत्या गरेका छन् । १२ वर्षीय बालकले आत्महत्या गरेपछि नयाँ बहस थालिएको हो । घरमै झुण्डिएको अवस्थामा उनको शब पाइएपछि परिवार शोकमा डुबेको छ । छरछिमेकीहरू यस विषयलाई लिएर अचम्मित बनेका छन् ।

घटनाको पुष्टि इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर कैलाश अधिकारीले गरे । उनले १२ वर्षीय बालकले के कति कारणले आत्महत्या गरेको हो भन्ने विषयमा सूक्ष्म ढंगले अनुसन्धान थालिएको बताए । ब्लाष्ट दैनिकको अनलाइनमा खबर छ ।

Loading...