‘संसदीय विकास कोष कोरोनाविरुद्ध लगाउँ’

काठमाडौँ, १ वैशाख । सांसदले पाउँदै आएको संसदीय क्षेत्र विकास कोषको रकम कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रण गर्न खडा गरिएको राहत कोषमा जम्मा गर्ने सुझाव राजनीतिक दलका नेताबाट आउन थालेको छ ।

ती क्षेत्रलाई राहत प्रदान गर्न संसदीय विकास कोषको रकम प्रयोग गर्न नेताले सरकारलाई सुझाव दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड–१९ को सङ्कट निवारणका लागि यो कोषको रकम खर्च गर्नुपर्ने बताएको छ । उनले कोषको रकम निकै कम खर्च भएको हुनाले यसलाई कोभिड–१९ कोषमा राख्न सुझाव दिँदै अबदेखि यो शीर्षकमा बजेट नै नराख्न पनि सुझाव दिएको छ ।

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कोरोना भाइरस विरुद्धको लडाइँ जित्न आवश्यक सबै प्रयत्न सरकारले गर्नुपर्ने बताएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

कोरोना सङ्क्रमणका कारण व्यापार, पर्यटन र विपे्रषणमा परेको प्रभावले नेपालको समग्र आर्थिक वृद्धिदर खुम्चिने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । आइतबार ‘साउथ एसिया इकोनोमिक फोकस’ सार्वजनिक गर्दै बैङ्कले चालू आर्थिक वर्षमा नेपालको वृद्धि १.५ प्रतिशतदेखि २.८ प्रतिशतभित्र रहने अनुमान गरेको हो ।

प्रतिवेदनले नेपाल मात्र नभई समग्र दक्षिण एसियाली आर्थिक वृद्धिदर औसतमा १.८ प्रतिशतदेखि २.८ प्रतिशतबीच रहने उल्लेख गरेको छ । यसअघि विश्व बैङ्कले दक्षिण एसियाको औसत आर्थिक वृद्धि ६।३ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो । आजको गोरखापत्रबाट दैनिकमा खबर छ ।

Loading...