काठमाण्डौ , ३० चैत । नेपालमा हालसम्म जम्मा १२ जना कोरोना भाइरस संक्रमित भएका छन ।
नयाँ संक्रमित ३७, ४४ र ५५ वर्षिय पुरुषहरुको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार
पर्साको बिरगञ्ज महानगरपालिका, वडा न. २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा तीन जनामा कोराना पोजेटिभ देखिएको हो ।
राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय २८ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । नयाँ संक्रमण देखिएका व्यक्तिहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमण देखिएका व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम अघि बढेको पनि प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
सरकारले पछिल्लो समय परीक्षणको दायरा बढाएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभरी ७ सय ९५ वटा नमुना परीक्षण गरिएको छ । उपत्यका बाहिर १ सय ६७ जनाको नमुना परीक्षण भएको छ ।
अहिलेसम्म उपत्यकामा ४ हजार २० र बाहिर १ हजार १ सय ६४ गरी ५ हजार १ सय ८४ जनाको नमुना परीक्षण गरिएको छ ।
आइतबारसम्म स्वाव परीक्षण पिसिआर विधि र ¥यापिड डाइग्नोस्टिक विधिबाट गरी ३ हजार ३ सय २१ जनाको गरी ८ हजार ८ सय ५ जनाको परीक्षण भएको छ । सबै प्रदेशका सबै जिल्लामा किट पुगिसेको मन्त्रालयले जनाएको छ ।
अहिले देशभरि ७ हजार ९ सय ७३ जना क्वारेन्टाइनमा छन् । उपत्यकामा १५ र उपत्यका बाहिर ७० जना आइसोलेसनमा छन् ।
यसअघि कैलालीमा ४, बागलुङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २—२ जना कोरोना पोजेटिभ देखिएका व्यक्तिहरु उपचारत छन् । एकजना उपचारपछि घर फर्किका छन् ।