birat ribon

आफूले बनाएको कालो चियालाई बम नबनाउन रीमाको आग्रह

Neuro
आफूले बनाएको कालो चियालाई बम नबनाउन रीमाको आग्रह

विराटनगर, ३० चैत । कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको लकडाउनमा मानिसहरूलाई घरबाट निस्किन प्रतिबन्ध लगाइएको छ ।

Padelux insider
cura insider

घरमा समय कटाउनका लागि मानिसहरू आफू सक्दो प्रयास गरिरहेका छन् ।

सामान्य मानिसहरूदेखि लिएर सेलिब्रेटीहरू अहिले परिवारका सदस्य वा युट्युबको सहायताले नयाँ नयाँ खानेकुराको परिकार बनाउन सिकिरहेका छन् ।

यस्तैमा लकडाउनको समय सदुपयोग गर्दै अभिनेत्री रीमा विश्वकर्माले कालो चिया उमाल्न जानेकी छन् ।

फेसबुक लाइभमा रीमाले कामको व्यस्तताका कारण भान्साको काम गर्न नभ्याउने हुँदा अहिले आफूले बल्ल कालो चिया पकाउन सिकेको बताएकी थिइन् ।

जसकारण अहिले उनको यो कुरालाई लिएर विभिन्न ट्रोल बनेका छन् ।

उक्त ट्रोलको जवाफ दिँदै रीमाले शनिबार आफ्नो फेसबुकमा ‘मैले कालो चिया बनाउन सिकेको हो, कालो बम होइन’ कृपया यसलाई बम नबनाउनु होला भन्दै स्टाटस् लेखेकी छन् ।

उनको यो कुरामा विभिन्न अभिनेत्रीहरूले समर्थन पनि जनाएका छन् ।

रीमा आफू कमाएर ल्याउने जिम्मेवारीमा भएका कारण र सानै उमेरदेखि भान्सामा छिर्नु नपरेकोले भान्साको विषयमा खासै ज्ञान नभएको बताउँछिन् ।

jackson ribon