कोरोना रोकथाम र उपचारमा खटिने योद्धाहरुको सम्मानमा ताली बजाउन आग्रह

काठमाण्डौ , ३० चैत । कोरोना भाइरस संक्रमण रोकथाम र उपचारकालागि फ्रन्टलाइनमा रहेर खटिने योद्धाहरुको सम्मानमा एक मिनेट ताली बजाउन नागरिक समाजले आग्रह गरेका छन ।

नेपाल पत्रकार महासघ , गैरसरकारी सँस्था महासंघलगायतका ,बिभिन्न संघसँस्था र नेटवर्कहरुले नयाँ बर्ष २०७७ साल बैशाख १ गते  ६ बजे बिहान कोरोना भाइरस संक्रमण रोकथाम र उपचारमा खटिएका योद्धाहरुको सम्मानमा एक मिनेट देशभरि ताली बजाउन सामुहिक आग्रह गरेका हुन ।

नेपाल पत्रकार महासघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले सबै भन्दा जोखिम उठाउदै कोरोना भाइरस रोकथाम र उपचारमा खटिएका नेपाली स्वास्थ्यकर्मी , सुरक्षाकर्मीहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु, पत्रकारहरु, र समुदाय स्तरमा खटिएका स्वयंसेवकसँगै लकडाउनको पालना गरिरहनुभएका आम जनसमुदायप्रति नयाँ बर्ष २०७७ को पहिलो दिन सोमवार बैशाख १ गते  बिहान ६ बजे एक मिनेट ताली बजाएर उच्च सम्मान व्यक्त गर्न सामुहिक आव्हान गरेको जानकारी गराएका छन ।

उनले आग्रह गरेका छन , नयाँ बर्ष २०७७ को पहिलो दिन आआफ्नो स्थानबाट १ मिनेट ताली बजाऔ र विभिन्न महासंघ , संजाल र नागरिक संस्थाका प्रतिनिधिहरु बिच ५ मिनेटसम्म नेटवर्क बैठक मार्फत् त्यसलाई प्रवाह गरौं ।,

Loading...