टाँडीबाट ८० जना घर फिर्ता, महेन्द्र मोरङमा अनलाइन कक्षा सुरू

विराटनगर । मोरङको टाँढीस्थित क्वारेन्टाइनका ८० जनालाई घर फर्काइएको छ । उनीहरुको स्वाब परीक्षणमा कोरोना संक्रमण नदेखिएको कारण घर फर्काइएको क्वारेन्टाइनको सुरक्षा गरिरहेको नेपाली सेनाको सूर्यदल गणले जनाएको छ ।

परीक्षण गरिएका ८२ जनाको स्वाब परीक्षणको नतिजा सबैको नेगेटिभ आएको थियो । नेगेटिभ आएका ८० जना व्यक्तिहरुलाई निजका स्थानीय तहलाई बुझाई घर फिर्ता पठाईएको सेनाले बताइएको छ । हाम्रोमत दैनिकको अनलाइनमा खबर छ ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरले अलनाइन कक्षा बुधबारदेखि सुरु गरेको छ । कोरोना भाइरसका कारण भौतिक रूपमा विद्यार्थी कक्षाकोठामा उपस्थित हुन सक्ने अवस्था नभएपछि मोरङ क्याम्पसले बीसीए कार्यक्रम अन्तर्गत पहिलो र तेस्रो सेमेस्टार अध्ययनरत विद्यार्थीका लागि अनलाइन कक्षा सुरुवात गरेको हो ।

बीसीएका संयोजक डा अच्युतराज कट्टेलले कोरोना भाइरसको विश्वव्यापी महामारीले क्याम्पसका सम्पूर्ण कक्षाहरु बन्द भएको बेला अनलाइन कक्षा एउटा बिकल्प रहेकोले हप्तामा कम्तिमा ६ वटा कक्षा सञ्चालनमा ल्याइएको बताए । उद्घोष दैनिकमा खबर छ ।

Loading...