लघुकथा “भाइरल”


ज्ञानी राजा मानन्धर

लकडाउनको समय ! कुनै एक सामाजिक सँस्थाले राहत दिइरहेको भन्ने थाहा पाउना साथ रामहरि प्रसन्न भयो र दुई छोरी र बूढी पनि साथैमा लिएर जाने योजना बनाए !

ठूली छोरी र बूढी त मानिन् ! तर सानी छोरी मानिनन् ! रामहरिले कति मनाउन खोज्यो, तर कोशिश बेकार !

रामहरि रिसाए, सोधे “किन लजाएको ? गलामा सुनको सिक्री र हाताँ आइफोन बोक्नेहरु त आएर राहत लिएर गइरहेका छन् भन्ने सुनेको थिएँ भने तिमी कुन धनी बाउकी छोरी हौ र ? “

सानी झर्केर बोली “जान्न भनेपछि जान्न, जान्न ! बरु भोकै बस्छुतर जान्न ! गरिबहरुको पनि इज्जत छ नि ! अस्ति मेरो एकजना साथी पनि गएकी थिई रे !

दुई पुरिया चाउचाउ दिएर सात जनाले एक एक गरी उसँग बसेर फोटो खिचे रे ! त्यही फोटोहरु त अहिले फेसबूकाँ भाइरल भइराछ !”

काठमाडौं !

Loading...