birat ribon

टेकु अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित केही दिनमा डिस्चार्ज हुने

Neuro
टेकु अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित केही दिनमा डिस्चार्ज  हुने

काठमाडौं, २९ चैत । कोरोना संक्रमण पछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचार गराइ रहेकालाई केही दिन भित्र डिस्चार्ज गरिने भएको छ ।

Padelux insider
cura insider

कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज गर्न लागिएको हो ।

कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए ।

‘कोभिड १९ सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।’ उनले भने ‘दुई दिनभित्र अन्तिम रिपोर्ट आउनेछ, त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिनेछ ।’

टेकु अस्पतालमा अहिले कोभिड शङ्कास्पद नौ जनाको उपचार भइरहेको छ । यीमध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ ।

तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ ।

निर्देशक डा राजभण्डारीले विगतका तुलनामा पछिल्ला दिनमा अस्पतालको सेवामा सहजता आएको छ ।

जनशक्ति तथा उपकरणको कमी छैन । कोभिड डेडिकेटेड अस्पताल घोषणा गरिएको र लकडाउनका कारण पनि उल्लेख्य सङ्ख्यामा बिरामी आएका छैनन ।रासस

jackson ribon