मरूभूमि बालुवाको रापमा छु सानु : गजल

सुधीर थापा

मरूभूमि बालुवाको रापमा छु सानु
ज्यान्कै कति जोखिम छ तापमा छु सानु

महामारी फैल्यो कस्तो बन्नु होशियार
मर्ने बाँच्ने दोसाँधको धापमा छु सानु

गरिबीले धन सम्पत्ति ठूलो लाग्ने गर्थ्यो
बाँच्नै पनि सन्त्राशको चापमा छु सानु

चरी जस्तै भुर्र उडी आउन पाए हुन्थ्यो
खुकुरी झैं लकडाउनको दापमा छु सानु

बाँचे भने आफ्नै देश फर्की आउँछु चाँडै
आँसु झर्छन् घरको पिरले बिलापमा छु सानु ।

काठमाण्डौं

Loading...