विद्यालयबाट अनलाइन कक्षा

सुर्खेत, २९ चैत । लकडाउनका कारण विद्यालय बन्द भएपछि वीरेन्द्रनगरका दुई विद्यालयले अनलाइनबाटै अध्यापन सुरु गरेका छन ।

मङ्गलगढी चोकस्थित सैनिक आवासीय महाविद्यालय र खजुरास्थित चिल्ड्रेन्स प्याराडाइज माध्यमिक विद्यालयले अनलाइन कक्षा शुरु गरेका हुन ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउनको नीति अपनाएपछि विद्यार्थीलाई पुनर्ताजगी गराउन अनलाइन कक्षाको शुरुआत गरेको ती विद्यालयले जनाएका छन ।

सैनिक आवासीय महाविद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख एवं शिक्षक बेतेन्द्रकुमार दाहालले कक्षा १०, ११ र १२ का विद्यार्थीलाई लक्षित गरेर अनलाइन कक्षा शुरु गरिएको बताए ।

१०० विद्यार्थी सहभागी अनलाइन कक्षामा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिनेछ । रासस

Loading...