वन भोज ( बाल कविता )

पुण्ण्कला नेपाल

बन भात खान जानुपर्छ, हामी रमाउँदै
लडिएला चिप्ला ढुङ्गा , मिसलाइ समाउंदै ।

मीठा मीठा सामानहरु, किनेर लाने
गीत गाउँदै रमाउँदै , हामी सवै जाने ।

राम्रा राम्रा नाना लाई , चुइगम चबाउँदै
बस गाडिको सिट्मा बसी, सवै कराउँदै ।

कोशी टप्पु जाने हामी, अर्ना पनि हेर्ने
जे जे भन्नू हुन्छ गुरु , हामी सवै टेर्ने।

मीठो मीठो पकाउने , खाने नाच्ने हो
सानो आगो फुक्नलाई , झिंजा भाच्ने हो ।

डुल्ने घुम्ने नाच्ने , हो फोटो खिच्ने हो
धेरै उफ्री उफ्री हाँसेर , पेट मिच्ने हो ।

Loading...