लकडाउनले सुत्केरी भोकभोकै

विराटनगर, २९ चैत । कोरोना संक्रमणको जोखिम कम गर्न लकडाउन गरिएको झण्डै तीन हप्ता हुन लागेको छ ।

यही बेला महोत्तरीमा सुत्केरीले समेत खान नपाएर भोक भोकै बस्नु पर्ने बाध्यता भएको छ ।

महोत्तरीको गौशाला ६ फुलकाहाकी संगिता सदाले नुन रोटी समेत खान नपाएपछि उनको छोरीलाई पर्याप्त दूध चुसाउन सकेकी छैनन् ।

संगिताको दूध नआएपछि छोरी समेत भोकले छिनछिनमा रोएकै रोयै गर्छिन् । रातहमा राजनीति हुँदा प्रदेश २ मा राहत वितरणमा ढिलाई भइरहेको समाचार अन्नपूर्ण पोष्टमा छ ।

कान्तिपुरको अनलाई संस्करणमा भने ओली दाहालबीच फेरी मनमुटाब भएको समाचार छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली मिर्गाैला प्रत्यारोपण गराएर फर्किएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटघाट पातलिएको छ ।

यसबीचमा जम्मा दुई पटक उनीहरुबीच भेट भएको छ । भेटघाट पातलिएपछि दुई अध्यक्ष दुई तीर बगेको सचिवालय सदस्यहरुको बुझाइ छ ।

Loading...