कोशी अस्पतालमा कोरोनाको परीक्षण सुरु, ५ घण्टामा रिपोर्ट आउने


विराटनगर, २८ चैत । कोशी अस्पताल विराटनगरबाट समेत कोरोना संक्रमणको नमूना परीक्षण सुरु भएको छ ।

शुक्रबारदेखि कोशी अस्पतालबाट ९६ जनाको स्वाब परीक्षण हुने गरी ल्याब सञ्चालनमा हो ।

पहिलो चरणमा २५ जनाको स्वाब परीक्षण हुने अस्पतालकी मेडिकल सुपरीटेण्डेट डा. संगिता मिश्राले बताइन् । परीक्षणको रिपोर्ट ५ घण्टामा आउने छ ।

कोशीमा कोरोना परीक्षणको लागि वीर अस्पताल काठमाडौंका जेनेटिक साईन्टीस् तथा कोरोना परिक्षण विज्ञ समूहका बलराम गौतमको नेतृत्वमा चार जनाको टिम खटिएको छ ।

प्रयोगशाला सुरु भएपछि शुक्रबार निरिक्षणका क्रममा मुख्यमन्त्री शेरधन राईले केही दिनभित्रै झण्डै ६ हजार जनाको कोरोना ल्याब टेष्ट गर्न सकिने बताए ।

शुक्रबारसम्म १८० को ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको छ । जसमध्ये १५२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

Loading...