इजरायलमा कोरोना सङ्क्रमितको उपचारका लागि रोबोटको प्रयोग

तेल अबिब, २८ चैत । इजरायली अन्वेषकहरूले कोरोना भाइरसको सङ्क्रमणका बिरामीलाई हेर्न रोबोट प्लेटफर्मको विकास गरेको इजरायली इन्स्टिच्युट अफ टेक्नोलोजीले जनाएको छ ।

रोबोट सम्लग्न भिडियो क्यामेराको सहयोगमा ‘जोयस्टिक’ वा ‘स्मार्टफोन’ एप्लिकेसन प्रयोग गरेर स्वास्थ्यकर्मीले टाढाबाट बिरामीलाई परीक्षण गर्ने प्रविधिको विकास इजरायलले गरेको हो ।

यो रोबोट उत्तरी शहर हाइफामा रहेको रमबामको अस्पतालको आवश्यकता अनुसार विकसित गरिएको हो । यो प्रविधि चाँडै नै सञ्चालन हुने आशा गरिएको छ ।

छोटो समयमा उनीहरु रमबाम र अरु इजरायली अस्पतालहरुमा त्यस्तै रोबोटहरू निर्माण गर्न सक्षम हुने जनाइएको छ ।

Loading...