अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार कट्यो

विराटनगर, २८ चैत । अमेरिकामा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेहरुको संख्या १७ हजार ५५ पुगेको छ ।

गएको २४ घण्टामा मात्रै अमेरिकामा ३ सय ६४ जनाको मृत्यु भएको छ । यस्तै यही समयमा ६ हजार ७ सय ५६ जना नयाँ संक्रमित फेला परेका छन् ।

अमेरिकामा ४ लाख ७५ हजार ३ सय २२ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

१० हजार १ सय ८२ जनाको अवस्था चिन्ताजनक रहेको वल्डोमिटरमा उल्लेख छ ।

अमेरिकाले अहिलेसम्म शंकास्पद २४ लाख २६ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण भए नभएको पत्ता लगाउन परीक्षण गरिसकेको छ ।

Loading...