कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक लाख नजिक

विराटनगर, २८ चैत । कोरोना संक्रमणको कारण विश्वभर मृत्यु हुनेको संख्या झण्डै १ लाख पुगेको छ ।
शुक्रबार बेलुकासम्म मृत्यु हुनेहरुको संख्या ९७ हजार ५ सय बढी पुगेको छ ।

वल्डोमिटरका अनुसार यो समाचार तयार पार्दासम्म ९७ हजार ५ सय ९५ जनाले कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाइसकेका छन् ।

यस्तै १६ लाख ३३ हजार ३२ जनामा यसको संक्रमण भएको पुष्टि भइसकेको छ ।

शुक्रबारसम्म यो भाइरसको संक्रमणबाट ३ लाख ६६ हजार ६ सय १० जना भने मुक्त भएका छन् ।

गएको २४ घण्टामा स्पेनमा ३ सय ९६ जनाको मृत्यु भएको छ । यो सँगै स्पेनमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या १५ हजार ८ सय ४३ पुगेको छ ।

Loading...