भोजपुरमा लकडाउनमा कडाई गर्न प्ले कार्ड अभियान

भोजपुर, २८ चैत । भोजपुरमा प्रहरी लकडाउनलाई कडा बनाउन प्रहरीले सचेतनामूलक ‘प्ले कार्ड’ अभियान सुरु गरेको छ ।
लकडाउनको अवज्ञा गर्ने क्रम नरोकिएपछि प्रहरीले प्ले कार्ड अभियान सुरु गरेको हो ।
लकडाउनमा पनि सर्वसाधरणले हिडडुल गर्ने र सवारीसाधन समेत चलाउन थालेपछि जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरीको संयुक्त टोलीले सचेतनामूलक प्ले कार्ड प्रदर्शन गर्न थालेको हो ।

संक्रमणको जोखिम बढिरहेका बेला लकडाउनको अवज्ञा गर्ने सर्वसाधरण र सवारीसाधनलाई सचेत गराउन अभियान थालिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सदरमुकाम लगायत मुख्य सडकखण्ड र बजार क्षेत्रहरुमा अत्यावश्यक खाद्यान्न ढुवानी गर्ने सवारीसाधन, एम्बुलेन्स सेवा र अत्यावश्यक कामका लागि चेकपास लिएका सवारीसाधनलाई मात्र खुला गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Loading...