त्रिविको परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं, २८ चैत । त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठमा हुने परीक्षा स्थगित गरेको छ ।

समितिको बैठकले अर्काे सूचना जारी नहुन्जेलसम्मको लागि परीक्षा रोक्ने निर्णय गरेको हो ।

बिहीबार भएको समितिको बैठकले कोरोनाको कारणले परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली र सेमेष्टर प्रणाली परीक्षा अर्को सूचना प्रकाशित नगरेसम्म स्थगित गर्ने निर्णय भएको समितिका सदस्य सचिव तथा परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

त्रिविले कोभिड–१९ को कारणले यसअघि चैतमा हुने परीक्षा स्थगित गरेको थियो ।

वैशाख र जेठमा विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र शिक्षा शास्त्र सङ्कायतर्फका चार वर्षे कार्यक्रमको चौथो वर्षको नियमित तथा आंशिक परीक्षा हुने तालिका थियो ।

Loading...