अर्थमन्त्रीद्वारा विकास साझेदारहरुसँग ऋणको भाका सार्न आग्रह

काठमाडौं, २८ चैत । सरकारले कोरोनाको कारण अर्थतन्त्रमा परेको प्रभावका विषयमा दाताहरुलाई जानकारी दिन भिडियो कन्फ्रेन्स गरेको छ ।

कन्फ्रेन्समा अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको संक्रमणको कारण नेपालको अर्थतन्त्रमा पुर्‍याएको असरका विषयमा बताउँदै ऋणको भाका सार्न समेत आग्रह गरे ।

उनले कोरोनाको असर तथा नेपाल सरकारले गरेको प्रयास सम्बन्धमा शुक्रबार नेपालका विकास साझेदारहरुसँग छलफल गरेका हुन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री डा. युवराज खतिवडाले विश्व बैंक,अन्तर्रा्ष्ट्रिय मुद्रा कोष, अन्तर्रा्ष्ट्रिय वित्त निगम, एशियाली विकास बैंक लगायतका विकास साझेदारहरुसँग छलफल गरेका हुन् ।

कोरोना भाइरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं पार्न सक्ने प्रभाव तथा नेपालले आगामी दिनमा चाल्नुपर्ने रणनीतिक कदमहरु बारेमा भिडियो कन्फरेन्स मार्फत छलफल गरिएको छ ।

भिडियो कन्फरेन्समा अर्थमन्त्री खतिवडाले अहिलेको संकट एक्काईशौ शताब्दीको सबैभन्दा ठूलो मानवीय र आर्थिक संकट भएको बताए ।

Loading...