मोरङमा लकडाउन झन कडा, विराटनगरमा प्रहरीको माइकिङ

विराटनगर,२८ चैत । मोरङमा प्रहरीले लकडाउनलाई झन कडा बनाएको छ । लकडाउनको उल्लघंनको घटना बढेपछि माेरङ प्रहरीले लकडाउन थप कडा गरेको हो ।

शुक्रबार साझबाट विराटनगरमा प्रहरीले सर्बासाधरणलाई सडकमा निस्कन दिएकाे छैन । बजार पसल बन्द छ । प्रहरीले घरबाहिर ननिस्कन भन्दै माइकिङ गरिरहेको छ ।

प्रहरीले कडाई गरेपछि सडकमा सवारी पनि कम छन् ।

‘आजबाट लकडाउन थप कडा गरेका छौं । ’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले भने ‘ जिल्ला भरी सतर्कता अपनाइएकाे छ ।’

लकडाउनमा मानविय गतिविधि बढ्दै गएपछि स्थानीय प्रशासनले कडाई गरेको हो ।

Loading...