कोरोना संक्रमितहरुको अवस्थ सामान्य

काठमाडौं, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमण देखिएका ८ जनाको अवस्था सामान्य रहेको जनाएको छ ।

मन्त्रालयले थप नयाँ व्यक्तिमा कोरोना ( कोभिड–१९ )को सङ्क्रमण नदेखिएको समेत जनाएको छ ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले अन्यमा कोरोना सङ्क्रमण नभेटिएको बताए ।

शुक्रबारसमम ३ हजार ५ सय २४ जनाको कोरोना सङ्क्रमणको नमूना परीक्षण गरिएको छ ।

गत २४ घण्टामा ६३० वटा परीक्षण गरिएको बताउँदै उनले अन्य ८ सय बढी परीक्षणको क्रममा रहेको जानकारी दिए ।

हाल नेपालभरि ८ हजार ६ सय ६० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनका व्यक्तिको सङ्ख्या १२५ रहेको छ ।

प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सामग्री प्रदान गरिएको बताए ।

Loading...