यस युगका नायकहरू

-डेभिड कैनी
केहीसमयअघि कोभिड १९ को कारणले इटालीको क्रेमोना अस्पतालमा भएका स्वास्थ्य सुविधाहरू परास्त हुँदा पनि एलिना पल्लियारिनी नाम भएको एउटा नर्स लगातार दश घण्टा काम गरेको थकानले उनी टेबलमा ढल्किएर निदाएको एक तस्बिर देखियो । उक्त समयमा नियमित डाक्टरहरू पनि अचानक युद्धभूमितर्फ बढिरहेका थिए ।

डेभिड कैनी

कोभिड-१९ बिरामी उपचारको क्रममा आजसम्म ६० भन्दा बढी डाक्टरहरूको मृत्यु भइसकेको छ भने ५००० जना स्वास्थ्य स्वंयमसेवकहरू आफैं संक्रमित भएका छन् । इटाली जस्तो संसारको उत्तम स्वास्थ्य सेवा प्रणालीमा अग्र स्थानमा आउने देश कोभिड-१९ संक्रमण नियन्त्रण गर्न यति संघर्ष गरिरहेको छ भने नेपाल जस्तो कमजोर स्वास्थ्य सेवाभएको देश इटालीको लोम्बार्डी जस्तै संवेदनशील स्थान भएको खण्डमा यहाँको अवस्था के होला ?

कोभिड १९ विभिन्न देशहरूमा जंगलमा लागेको डढेलो जस्तै फैलिरहेको छ, चिकित्सकीय पेशामा संलग्नभएका डाक्टरहरू युद्धभूमिको अग्रपंतिमा खडा हुने सेनाहरू जसरी संक्रमितहरूको उपचारार्थ अग्र स्थानमा होमिएका छन् ।

उत्तरी इटालीको केन्द्र लोम्बार्डी शहरमा अवस्थित मिलानको निगुडा संक्रमण अस्पतालको औषधि प्रमुख मासिनो पोटीले कोरोना भाइरस माहामारीलाई कोभिड-१९ विरुद्धको एक लडाईंको संज्ञा दिए । वास्तवमा, संसारभरिका स्वास्थ्य स्वंयमसेवकहरू नोभेल कोरोना भाइरसविरुद्ध एक रणभूमिमा भएको सेना जसरी युद्ध गरिरहेका छन् । युद्धको पोशाकमा रहेको एक सिपाही जसरी हाम्रा स्वास्थ्कर्मीहरूले सुरक्षात्मक पोशाकको साथ संक्रमितको उपचार गरिरहेका छन् ।

जब उनीहरूले सिफ्ट पूरा गरेर पहिरन फुकाल्छन् उनीहरूको पोशाक निथ्रुक्क भिजेको हुन्छ । उनीहरूको निधार, नाक, घाँटी र अनुहारमा गहिरो दाग बसेको हुन्छ र कहिलेकाहिँ घाउ पनि हुन्छ । कोभिड १९ को उदगमस्थल चाइनाको वुहानमा स्वास्थ्य चिकित्सकहरूको हृदय विदारक तस्बिरहरू आइरहेको हुन्छ ।

कोरोना भाइरस संक्रमित उपचारार्थ बनाइएको वुहान जिनिन्तान अस्पतालमा खटिएकी काओशान नाम गरेकी एक नर्सको अनुहारमा बसेको गहिरो दागको एक तस्बिर फेब्रुअरी १७ का दिन लिइएको थियो । यस अस्पतालमा कार्यरत नर्सकाओशान र उनका पति जो डाक्टर थिए, उक्त संक्रमण आफू बस्ने स्थानमा नपुगोस् भनि २३ रातसम्म आफ्नो गाडीमा सुतेका थिए ।

लिवान लियाङ एक चाइनिज डाक्टर जसले यस डरलाग्दो कोरोना भाइरसको संभावित विस्फोटबारे सचेत गराउने प्रयास गरेका थिए, वुहान अस्पतालमा काम गर्ने दौरानमा यस भाइरसको सम्पर्कबाट उनको मृत्यु भयो । हालसालै, ६७० भन्दा बढी फिलिपिनो स्वास्थ्यकर्मीहरूलाई यही त्रासको कारण क्वारेनटिनमा राखिएको छ कि उपचारको क्रममा अस्पतालमा उनीहरू पनि यो भाइरसको सम्पर्क आएका हुन सक्छन् । मैले अर्को दिन एक भारतीय डाक्टरको बारेमा समाचार पढिरहेको थिएँ जसले कोरोना भाइरसको विरुद्ध युद्ध क्षेत्रको अघिल्लो पंक्तिमा लडाईं लडिरहेका थिए ।

यी स्वास्थ्य कार्यकर्ताहरूले आफ्नो आँसु, पसिना र रगतसहित कोभिड-१९ संक्रमित बिरामीको उपचार गरिरहेका छन्, यसकारण उनीहरूलाई हामीबाट प्रशंसा र प्रोत्साहनको खाँचो छ । अरुको सेवा गर्न जसरी आफ्नो जीवनलाई जोखिम राखिएको हुन्छ, यसबाट हुने मानसिक आघातको विषयमा अरु कसैलाई थाहा हुँदैन । यस कठिन परिस्थितिमा उनीहरू वास्तविक नायकहरू हुन् ।

भारत सरकारले जनता कर्फ्यू लगाएको दिन, यस कठिन परिस्थितिमा उपचारमा संलग्न डाक्टर, मेडिकल कर्मचारी, सफाइ कर्मचरीले पुर्‍याएको योगदानप्रति धन्यवाद दिन र उनीहरूलाई सर्मथन गर्नका लागि २२ मार्च ५ बजे सबैलाई बालकोनी, ढोका, झ्यालमा खडा भई ताली वा घण्टी बजाउन प्रधानमन्त्री मोदीले अनुरोध गरे ।

कोरोना भाइरस महामारीविरुद्ध लड्न अग्रपंतिमा रहेका स्वास्थ्य स्वंयमसेवकलाई उत्साह दिनका लागि प्रधानमन्त्री मोदीले गरेको प्रयासको म प्रशंसा गर्छु । तर भारतबाट एउटा एस्तो दुःखलाग्दो समाचार पनि बाहिरिरहेको थियो कि भारतको प्रमुख अस्पताल AIIMS मा कोभिड १९ विरुद्ध अग्रपंत्तिमा युद्ध गरिरहेका डाक्टरहरूलाई उनीहरूको परिवार तथा घरधनीले उनीहरू बसोवास गर्ने स्थानमा संक्रमण फैलिने त्रासका कारण प्रवेशमा रोक लगायो ।

यदि, डाक्टरहरू यही डरको कारण आफ्नो कामबाट पछि हट्न चाहेको भए संक्रमित व्यक्ति र यस डरलाग्दो भइरसबाट बाँच्नको लागि गरिने इमर्जेन्सी आवश्यकताहरूको अवस्था के हुन्थ्यो होला ? यो हामी सबैलाई सोच्न बाध्य पार्ने एउटा प्रश्नहो किनकि हामी यसबाटआउने परिणामबारे विचार गर्नअघि अरुलाई छिट्टै लाञ्छना लगाउँछौं । कोभिड १९ का केशहरूसँग संलग्न स्वास्थ्यकर्मीहरू आगो निभाउने काममा संलग्न व्यक्तिहरू जस्तै हुन्, जसले अरुको उद्धार गरिरहेका हुन्छन् ।

त्यसकारण हामीले गर्ने स्वार्थपूर्ण टिप्पणी जस्ता क्रियाकलापहरूबाटआफूलाई अलग राखौं ।
नेपालमा सुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा स्वास्थ्यकर्मीहरूको पर्याप्त संख्यामा कमी भएको कारण हाम्रो चिकित्सकहरू कोरोना भाइरस संक्रमित बिरामी उपचारको लागि चौबिसै घण्टा काम गरिरहेका छन् । अत्यधिक चापको बावजुद पनि कोरोना भाइरसको प्याथोलोजी जाँच हाम्रो पाँच जना प्राविधिकहरूले गरिरहेका छन् ।

समाचारमा यो पनि आएको छ कि सुरक्षित पोशाक र औजारबिना पनि स्वास्थ्यकर्मीहरू अहोरात्र खटिरहेका छन् । तर यही समयमा मिडियाबाट यस्ता समाचारहरू पनि बाहिरिएका छन् कि धेरै अन्य अस्पतालमा कार्यरत डाक्टर र नर्सहरू यी दिनहरूमा विदा लिएर बसिरहेका छन् ।

जनसंख्या मन्त्रालयद्वारा हाल जारी गरिएको सूचनाअनुसार १०० शैय्या भएका अस्पतालहरूले बिरामीहरूलाई अन्य अस्पतालमा रिफर गर्न सक्दैन र यस्तो केश आफैंले हेर्नुपर्छ भनिएको कुराले उनीहरूको ध्यानआर्कषण भएको हुनुपर्छ ।

सुरक्षात्मकपोशाक, मास्क र टोपी जस्ता किट्स अभावका कारण चिकित्सकमाआउने वास्तविक डरलाई हटाउनको लागि सरकारले यी सबै कुराहरूको व्यवस्था सुनिश्चित गर्नुपर्छ, जब यस्तो भयावह भाइरसविरुद्ध युद्धमा उनीहरू होमिन्छन् । यस्तो अवस्थामा राजीनामा दिने वा पछि हट्ने कार्य केवल हाम्रो मातृभूमिको पराजय हुनु हो ।

जसरी नेपाललगायत विश्वभर रहेका स्वास्थ्यकर्मीहरू कोभिड १९ को विरुद्ध रणभूमिमा एक सैनिक जसरी युद्ध गरिरहेका हुन्छन्, उनीहरूले हामीबाट प्रशंसा र प्रोत्साहन पाउनुपर्छ । त्यसकारण उनीहरूलाई कुनै लाञ्छना नलाऔं, किनकि उनीहरू आफैंमा संक्रमणको सम्पर्कमा आउने जोखिमको बावजुद पनि कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका छन् ।

यदि, हामी वास्तविक रूपमा उनीहरूको स्वार्थरहित सेवाको प्रशंसा गर्न चाहन्छौं भने सरकारले दिएको निर्देशनअनुसार लकडाउनको अवधिभर घरभित्र बसी सामाजिक दूरी कायम गरौं । नत्रभने हामी आफूलाई र उनीहरूलाई पनि जोखिममा पुर्‍याउँछौं ।

Loading...