अध्ययन भन्छ : ५५ प्रतिशत कोरोना संक्रमित बच्चाहरू केटा हुन्

एजेन्सी, २८ चैत । कोरोना भाइरसबाट संक्रमित भएका पाँचमध्ये एक बच्चालाई अस्पताल हेरचाहको आवश्यकता पर्दछ र केटाहरूमा घातक संक्रमण बढी देखिने पाइएको छ ।

डेलीमेलका अनुसार १८ वर्षभन्दा कम उमेरका २ हजार ५०० कोरोना भाइरस संक्रमितमध्ये ५५ प्रतिशत केटाहरू रहेको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी)को रिपोर्टले पत्ता लगाएको छ ।

बाकी रहेको ४२ प्रतिशत केटीहरू थिए, र अन्य तीन प्रतिशतको लिङ्ग अज्ञात रहेको छ ।

वयस्कहरूसँग तुलना गर्दा, बच्चाहरूले थोरै लक्षणहरूबाट पीडित हुने सम्भावना कम हुनेका साथै कसैमा भने भाइरसको कुनै पनि संकेत देखिँदैन ।

त्यस्तै संक्रमित मध्ये दुई प्रतिशतलाई आइसीयुमा भर्ना गर्नुपर्ने तथा तिमध्ये पनि ०.१ प्रतिशतको मृत्यु हुने बताइएको छ ।

बच्चाहरूमा सीडीसीले गरेको अनुसन्धानलाई बच्चाहरूमा कोरोनाभाइरस रोग २०१९ भनेर चिनिन्छ जसमा उनीहरूको मृत्यु दर र मोर्बिडिटीलाई हिस्सा बनाइँएको छ ।

धेरै अध्ययनहरूले पुरुषहरूमा कोरोना भाइरसको संक्रमण धेरै हुने र महिलाको तुलनामा उच्च मृत्युदरको रिपोर्ट सार्वजनिक गरिएको छ ।

बच्चाहरूको अनुसन्धानबाट सार्वजनिक भएको रिपोर्ट वयस्कहरूको अनुसन्धानबाट आएको डेटासँग मेल खान्छ, जसमा कोरोना संक्रमित ५३ प्रतिशत पुरुषहरू रहेका थिए भने बाँकी रहेको १३ प्रतिशतको लिङ्ग पहिचान भएको थिएन ।

Loading...