माई नगरपालिकालाई खाद्यान्य सहयोग

इलाम, २८ चैत । सहारा नेपाल सेवा केन्द्र दानाबारीले इलामको माई नगरलिकालाई खाद्यान्य सहयोग गरेको छ ।

कोरोना भाइरस महामारी त्रासका कारण प्रभावित बनेका विपन्न समुदायलाई वितरणका लागि नगरपालिकाले स्थापना गरेको राहत कोषमा जम्मा हुनेगरी ५० हजार मुल्य बराबरको १० क्वीन्टल चामल सहयोग गरेको हो ।

शुक्रबार सहारा नेपाल सेवा केन्द्र दानाबारी इलामका प्रमुख त्रिलोचन तिम्सिनाले नगरपालिकालाई राहत सामाग्री हस्तान्त्रण गरेकाे थिए ।

Loading...