दक्षिण कोरियाले यसरी जित्यो कोभिड–१९ महामारीलाई

एजेन्सी, २८ चैत । कोभिड–१९ महामारीलाई नियन्त्रणमा लिन दक्षिण कोरिया सफल भएको छ ।

यस समाचार तयार गर्दासम्म यस हप्तामा संक्रमित व्यक्तिहरूको संख्या ५५ जना मात्र छन् ।

अरु देशहरूमा संक्रमण फैलिनन दिनको लागि लकडाउन गरिएको छ भने दक्षिण कोरिया सरकारले द्रुत परीक्षणलाई निरन्त्रता दिँदै धेरैभन्दा धेरै संक्रमितहरूको पहिचान गरिरहेको छ ।

परिणामस्वरुप अरु देशहरूले भन्दा छिटै यस भाइरसलाई नियन्त्रणमा राख्न सकेको छ ।

१० अप्रिलको बिहानसम्म दक्षिण कोरियाले ४ लाख ७७ हजार ३ सय ४ जनामा परीक्षण गरिसकेको छ, जसको कारणले यस महामारीलाई नियन्त्रण गर्न धेरै हदसम्म सफल भएको छ ।

यसै कारण दक्षिण कोरिया, अरु देशहरूले संक्रमण नियन्त्रणको लागि गर्ने प्रयासको रोल मोडल बन्न सकेको छ ।

द्रुत गतिमा बढिरहेको भाइरसको जाँच गर्न कठिन भएता पनि निरन्तरको प्रयासले अधिक संख्यामा जाँच गर्न सक्षम भएको कोरियाली विदेशमन्त्री काङयोङ बताउँछन् ।

यसरी गरिएको जाँच कोरियाको कुल जनसंख्या ५,१२,५९,२२३ को लगभग १% प्रतिशत मात्र हो ।

कोभिड १९ नियन्त्रणको लागि गठन गरिएको टास्क फोर्सअनुसार जाँच गरिएको व्यक्तिमा कोरोना नरहेको सुनिश्चित गर्न एकै व्यक्तिको धेरै पटकसम्म आवश्यक जाँच गरिएको थियो ।

निरन्तर गरिएको जाँचको कारणले कोरियाले पूर्ण लकडाउनविना नै यस भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सक्षम भएको छ ।

हाल विश्वको २०% जनसंख्या लकडाउनमा रहेता पनि कोरिया एउटा यस्तो देश भएको छ, जहाँ कोरोना संक्रमणको प्रभाव रहँदा पनि यहाँको सहर, कलकारखाना, व्यवसाय, विद्यालय तथा दैनिक क्रियाकलापहरू सामान्य रूपमा अघि बढिरहेको छ ।

जब कोभिड १९ को माहामारी चीनको वुहानमा फैलिइरहेको थियो, कोरियाली सरकार सम्भावित संक्रमणको प्रभावलाई मध्यनजर गर्दै यसका लागि आवश्यक पर्ने किट्स, मास्क, औषधि र अन्य उपकरणहरू जुटाउने कार्यमा अघि बढ्यो ।

जब २० जनवरी २०२० मा यस भाइरसको संक्रमण पहिलोपटक देखिएको थियो, धेरै देशहरूले अनुमान गरेका थिए कि दक्षिण कोरियालाई यसले तहसनहस पार्नेछ ।

तर दक्षिण कोरिया यसको रोकथामतथा नियन्त्रणको लागि सुरुआतबाटै तयार भएका कारणले सामूहिक भेटघाट र भीडलाई निरुत्साहित गर्न थाल्यो ।

सोसियल डिस्टेन्सिङलाई प्राथमिकतामा राखी यसको कार्यान्वयन गरियो, जसका लागि त्यहाँका जनताले पूर्णरूपमा साथ दिए ।

साथसाथै, मानिसहरूमा सम्भावित संक्रमणको जाँचलाई तीव्र अघि बढाइ संक्रमित पहिचान तथा यसको निदान कार्यमा अघि बढेकोले अपेक्षित रूपमा यसको संक्रमणलाई रोक्न आजको दिनसम्म दक्षिण कोरिया सफल भएको छ ।

Loading...