birat ribon

प्रहरीको तलब कटौती निर्णयले सामाजिक सञ्जालमा बहस र विरोध

Neuro
प्रहरीको तलब कटौती निर्णयले सामाजिक सञ्जालमा बहस र विरोध

विराटनगर, २८ चैत । कोरोना महामारीको सम्भावित जोखिम नियन्त्रणका लागि नेपाल प्रहरीको काम गर्ने समय बढेको छ ।

Padelux insider
cura insider

पर्याप्त सतर्कताको सामाग्रीविना काम गरिरहेका प्रहरीको तलब कटौती गरी राहत कोषमा जम्मा गर्ने निर्णय भएपछि सामाजिक सञ्जालमा विरोध र बहस चर्किएको छ ।

प्रहरीलाई तलब भत्ता वृद्धि गर्ने पर्ने अवस्थामा कटौती गर्न खोजिएको भन्दै सामाजिक सञ्जालमा पूर्वमन्त्रीदेखि सर्वसाधारणले असन्तुष्टि जनाएका हुन् ।

एक प्रदेशका मन्त्री र केही नागरिकहरूले चाँहि सकारात्मक सोच राख्न आग्रह गर्दै संकटको समयमा सरकारले कर्मचारी मात्र नभएर नागरिकबाट पनि रकम लिन उचित हुने तर्क गरेका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरूको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्ने निर्णय गरेको थियो ।

तर तलब कट्ठा गर्ने निर्णय भएपछि पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘संकटका बेला मन्त्री, सांसद र अरू उच्चपदस्थको वार्षिक तलब घटाउनुको साटो आफ्नो ज्यान जोखिममा राखेर अग्रपंक्तिमा खटिएका प्रहरीको तलब काट्ने निर्णय एकदमै अविवेकी छ । मुलुक प्रहरीको तलब काटेर बाँच्नपर्ने अवस्थामा पुगिसकेको हो र ?’

संकटको समयमा अग्रपङ्तीमा काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका प्रेस सल्लाहकार विष्णु रिजालले सामाजिक सञ्जालमा सांसदको तलब घटाउनको साटो प्रहरीको तक कट्टा गर्न उपयुक्त नुहने लेखेका छन् । रिजाल र पण्डितको असन्तुष्टि एउटै छ ।

जनआस्था साप्ताहिकका सहसम्पादक विश्वमणी सुवेदी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘भत्ता बढाएर हौसला दिनुपर्ने प्रहरीकै तलब कटौती : निन्दनीय, खेदजनक र भर्त्सनायोग्य विषय ।’

यस्तै विराटनगर निवासी शिक्षक भेषराज पोखरेलले पनि सरकारको उक्त निर्णय ठीक होइन भनेका छन् । समाजिक सञ्जालमा आफ्नो भनाइ लेख्दै उनले भनेका छन्, ‘जोखिमपूर्ण अवस्थामा खटिने सुरक्षाकर्मीको पारिश्रमिक झन् दोब्बर हुनुपर्ने होइन र, प्रतिपक्षी प्रमुखको थुतुनो किन नचिलाएको ?

हिसान मोरङका पूर्वअध्यक्ष पोखरेलको भनाइमा ओमप्रकाश प्रसाईले व्यंङ्ग्य गर्दै प्रतिक्रिया दिएका छन्, ‘थुतुनो कुन्नीकेले मरिसकेको छरेनी छ ।’ पोखरेलकै भनाई दीपक प्रसाद पोखरेलले पनि आफ्नो भागको जाला भनेर प्रतिपक्षीले पनि विरोध नगरेको होला भनेर प्रतिक्रिया दिएका छन् ।

नेकपाका केन्द्रीय नेता कुमार पौडेल साना तहका प्रहरीको हैन कम्तीमा सांसद, मन्त्री र सचिवहरूको दुई महिनाको तलब कटौती गरेर महाबिपत्ति खर्च गर्नु उचित हुने बताउँछन् ।

अग्रज पत्रकार सीताराम अग्रहरी प्रहरीमा इन्स्पेक्टरसम्म फिल्डमा खटिने भएकोले उनीहरूको हैन त्योभन्दा माथि पद भएकाहरूको तलब कटौती गर्न आग्रह गर्छन् ।

नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समिति अध्यक्ष बिक्रम लुँइटेल कोरोना संक्रमण रोकथामका लागि भइरहेको लकडाउनमा प्रहरीको भूमिका प्रभावकारी भएकोले आम नागरिकहरूले उनीहरूलाई पहिलो पटक उच्च सम्मान दिएको बताउँदै समयको सही सदूपयोग गर्न सुझाउँछन् ।

विपत्तिको बेला प्रहरीको तलव कटौती गर्ने सरकारको निर्णयबारे सामाजिक सञ्चालमा आम नागरिकहरूले चर्को बहस र विरोध गरिहेका बेला एक नम्बर प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला र कानूनमन्त्री हिक्मतकुमार कार्की समाजिक सञ्जालमा फरक तर्क राखेका छन् ।

फेसबुकमा उनले संकटमा प्रहरीले ज्यान मात्र हैन आर्थिक योगदान पनि दिनसक्छ भन्ने अनुकरणीय उदाहरण भएकोले सबैले प्रहरीलाई सम्मान गर्नुपर्ने बताउँछन् ।

फेसबुकमै भन्सार एजेन्ट संघ विराटनगरका उपाध्यक्ष नवलप्रसाद उपाध्याय पनि संकटको बेला सरकारले जुनसुकै समयमा सबै कर्मचारी मात्र नभएर नागरिकहरूको समेत तलब सुबिधा कटौती गर्नसक्ने बताउँछन् ।

उनी फेसबुकमा लेख्छन्, ‘समयको मागअनुसार सरकारले कर्मचारीको तलब मात्र हैन नागरिकको रकम पनि लिन सक्छ । सकारात्मक सोच राखौ ।’,

कसको कति काटिन्छ तलब

नेपाल प्रहरीका असईको दुई हजार छ सय ५८, सईले दुई हजार आठ सय २० रुपैयाँ कटौती हुनेछ । त्यस्तै इन्स्पेक्टरको छ हजार, डीएसपीको छ हजार सात सय ३० र एसपीले सात हजार दुई सय ४५ रुपैयाँ कटौती हुनेछ ।

एसएसपीको ११ हजार ५३, डीआईजीको ११ हजार ९ सय, एआईजीको र आईजीको १४ हजार १ सय ६१ रुपैयाँ कटौती गर्ने उल्लेख छ ।

jackson ribon