बार्सिलोनाको प्रस्ताव स्वीकार गर्न तयार मार्टिनेज

एजेन्सी, २८ चैत । इटालियन क्लब इन्टर मिलानका स्टार लाउटारो मार्टिनेज बार्सिलोनाको प्रस्ताव स्वीकार गर्न तयार भएको बताइएको छ ।

स्पेनिस मिडिया ‘मुन्डो डिपोर्टिभो’का अनुसार बार्सिलोनाले राखेको प्रस्ताव अर्जेन्टिनी स्टार मार्टिनेज स्वीकार गर्न तयार बनेका हुन् ।

२२ वर्षीय स्ट्राइकर मार्टिनेज पछिल्लो केही महिनायता स्पेनिस क्लब बार्सिलोनासँग जोडिएका छन् ।

आफ्ना कप्तान लियोनल मेस्सीको सुझावका कारण बार्सिलोनाले मार्टिनेजलाई यसै समरमा भित्र्याउन चाहेको बताइएकोछ ।

खबरका अनुसार बार्सिलोनाले २२ वर्षीय स्ट्राइकलाई ल्याउनका लागि प्रतिवर्ष ७ मिलियन युरो दिनेगरी प्रस्ताव राखेको थियो ।

जुन रकम इन्टरको भन्दा तीन गुणा बढी हो । ठूलो रकमसहित बार्सिलोनाले गरेको प्रस्ताव मार्टिनेज स्वीकार गर्न तयार भएको मुन्डो डिपोर्टिभोले जनाएको छ ।

मार्टिनेज र इन्टरबीचको सम्झौता २०२३ सम्म छ ।

Loading...