लकडाउन उल्लंघन गरे यस्तोसम्म हुन्छ

विराटनगर, २८ चैत । कोरोना भाइरसको जोखिम रोक्नका लागि नेपाल मात्र नभएर विश्वका अन्य देशहरू पनि लकडाउन गरिएको छ ।

नेपालमा भने विभिन्न ठाउँमा लकडाउन निकै फितलो देखिएको छ ।

बिहान र दिउँसो हावा खाने, सपिंग गर्ने तथा बिनाकाम समूह बनाएर हिंड्ने देखिनु निकै दुखद कुरा हो ।

सरकारले लकडाउन हाम्रै लागि गरेको र लकडाउन नगरेको भए अहिले नेपालको अवस्था बिकराल हुने भन्ने बिर्सिनु हुँदैन ।

हामी लकडाउनबाट नै बाँचेका छौं र बाँच्नेछौं ।

हामीले लकडाउन उल्लंघन गरेमा के केसम्म हुन सक्छ भनेर जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले आफ्नो फेसबुकमार्फत सेयर गरेका छन् :

  • हामी अस्पतालको आइसोलेसन वार्डमा एक्लै बस्नुपर्ने हुन्छ ।
  • हामीलाई परिवार तथा आफन्तले भेट्न मिल्दैन ।
  • कोरोना भाइरस घाँटी हुँदै फोसोमा पुगेपछि यसले फोक्सोका कोषहरूलाई नष्ट गर्दै जान्छ । त्यसपछि हाम्रो फोक्सोको कोषबाट पानी लिक हुँदै फोक्सोमा पानी जम्छ अर्थात् हामीलाई भाइरल निमोनिया हुन्छ ।
  • निमोनिया भएको कारण हामीलाई सास फेर्न निकै गाह्रो हुन्छ । फोक्सोलाई काम गर्न गाह्रो भएपछि मुटु, किड्नी, ब्रेनलगायतका अंगमा अक्सिजन सप्लाइ घट्दै जान्छ । यसबाट फोक्सो तथा मृगौला फेलर हुन्छ ।
  • मस्तिष्कमा अक्सिजन नपुगेपछि हामी बेहोससमेत हुन्छौं । मुटुमा अक्सिजन नपुगेपछि मुटुलाई ठूलो दवाव पर्छ र दवाबले गर्दा हामीलाई कार्डिक एरेस्ट हुन्छ ।
  • अनि हाम्रो मृत्यु हुन्छ । यो प्रक्रिया यति छिटो फैलिन्छ कि आइसीयु तथा भेन्टिलेटरले पनि काम गर्न सक्दैन । यसै पनि नेपालमा भेन्टिलेटरको संख्या निकै कम छ ।
  • मृत्यु भएपछि हामीलाई छुन पनि नमिल्ने हुँदा हाम्रो दाह संस्कार गर्दा आफन्तले टाढैबाट गर्नुपर्छ ।

आफू, आफ्नो परिवार, आफन्त, समाज तथा राष्ट्रलाई सुरक्षित राख्न जिम्मेवार बनेर लकडाउन उल्लङ्घन नगरौं ।

कोरोना भाइरस त्यसलाई सर्छ, जो लकडाउन उल्लङ्घन गरेर घर बाहिर निस्कन्छ । आगामी १ महिना दुःख सहेर बसेमा यो कष्टबाट अवश्य मुक्ति पाउनेछौं ।

Loading...