जनस्वास्थ्य र कोरोना

पछिल्लो समयमा विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस र यसको असरले आम मानिसहरूको जनजीवनलाई प्रभवित परेको छ भने यस रोगका कारणले कयौं मानिसहरू रोगको शिकार भैरहेका छन्,सँगै ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ ।

विश्वका विकशित मुलुकहरूमा यसको बढ्दो संक्रमण र ज्यान गुमाउनेको बढ्दो सख्या छ भने, हाम्रो जस्तो विकशोउन्मुख देशमा पनि यो रोग देखा परिसकेको छ । यस रोगको रोकथामका निम्ति विभिन्न प्रयासहरू अपनाइरहेको छ भने उच्च सतर्कता पनि अपनाइएको पाउन सकिन्छ ।

यो रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै सर्ने भएकोले फैलने सम्भावना पनि उत्तिकै उच्च छ । त्यसकरण यो रोग सर्न तथा फैलन नादिनका लागि विश्वका कैयौं देशहरू लकडाउनमा छन् । यस रोगको विरुद्ध खटीरहेका स्वास्थ्यकर्मी तथा सुरक्षा निकयको योगदान पनि उत्तिकै छ । कोरोना फैलन नदिन तथा रोकथामका लागि जनस्वास्थ्यकर्मीहरूको भूमिका पनि उत्तिकै रहन जान्छ ।

सर्वप्रथम जनस्वास्थ्यअन्तर्गत रोग लाग्न नदिन र रोकथामका लागि अपनाइने विभिन्न कुराहरू पर्दछन् । विभिन्न किसिमका सरुवा रोगहरू नियन्त्रण र रोकथाममा पनि जनस्वास्थ्यको ठूलो भूमिका रहेको हुन्छ । सरुवा रोगहरू मात्र नभइ नसर्ने रोगहरूको रोकथामका लागि पनि जनस्वास्थ्यको उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । जनस्वास्थ्यले विशेषगरी रोगहरू लाग्न नदिनका लागि र रोगहरूका बारेमा जानकारी दिनका लागि जनचेतना तथा सूचना प्रवाह गर्ने काम गरिरहेको हुन्छ भने विभिन्न नीति तथा कार्ययोजना बनाउने समेत कार्यसम्पदान गरिरहेको हुन्छ । त्यस्तै कोरोना फैलन नदिनका लागि पनि जनस्वास्थ्यकर्मीको महत्त्वपूर्ण भूमिका रहन जान्छ । कोरोना नियन्त्रण भइसकेको देशमा हेर्ने हो भने पनि क्लिनिकल र जनस्वास्थ्यको उत्तिकै योगदान रहेको पाउन सकिन्छ ।

क्लिनिकल मेडिसिनले रोग लागिसकेको बिरामिहरूलाई औषधि उपचार गरेर र प्रत्यक्ष निगरानीमा राखेर यसको नियन्त्रण गरेको थियो भने जनस्वास्थ्यले यस रोगका बारेमा जनचेतना तथा रोग फैलन नदिन तथा रोगको रोकथामका लागि कार्यरत थियो भने सँगसँगै विभिन्न नीति निर्माण तथा भोलिका दिनमा आउन सक्ने समस्याहरू न्यूनीकरणमा समेत प्रमुख भूमिका रहेको देख्न सकिन्छ ।

हाम्रो देशमा पनि यो रोगको संक्रमण देखिसकेको र यसको रोकथाम तथा नियन्त्रणका लागि क्लिनिकल मेडिसिनसँगसँगै जनस्वास्थ्यको पनि उत्तिकै भूमिका रहन जान्छ । एक ब्यक्तिबाट अर्को ब्यक्तिमा संक्रमण सर्न सक्ने भएकाले सर्न नदिन तथा जनचेतनामा जनस्वास्थ्यको अहम भूमिका हुनसक्छ ।

नेपाल सरकारले पनि यसको नियन्त्रण र महामारी फैलन नादिनका लागि थुप्रै काम गरिरहेको पाउन सकिन्छ । अहिलेको अवस्थामा समुदायमा गएर काम गर्ने स्वास्थ्यकर्मी तथा जनस्वास्थ्यकर्मीको आवश्यकता देशलाई छ र सोही आवश्यकता परिपूर्तिका निम्ति पनी नेपाल सरकारले जनस्वास्थ्यकर्मीको परिचालन गरी रोगको नियन्त्रण गर्न सक्ने देखिन्छ ।

हाम्रो देशमा हेर्ने हो भने बर्सेनि स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीको उत्पदान भैरहेको छ तर ती जनशक्तिको उचित उपयोग सरकारले गर्न सकिरहेको छैन भन्दा फरक नपर्ला ।

यस महामारीको समयमा यदि जनस्वास्थ्यकर्मीको उचित प्रयोग गर्ने हो भने यस रोगको नियन्त्रण तथा रोकथाम अझ प्रभावकारी हुन जान्छ । हाम्रो देशको कैयौं समुदायमा राम्रोसँग हात नधुने, शारीरिक सरसफाइ तथा सामुदायिक सरसफाइ नभएको तथा मानिसहरूको आफ्नै आनिबानीले विभिन्न रोगहरूको शिकार भइरहेको पाइन्छ, जून कारणहरुले गर्दा कोरोनाको संक्रमण फैलन सक्ने जोखिम पनि उत्तिकै उच्च छ ।

यस अवस्थामा सरकारले ति जनस्वास्थ्यकर्मीको परिचालन गरी समुदायमा विभिन्न कार्यक्रमका साथ जोखिम न्यूनिकरण तथा रोकथामका लागि काम गर्न सक्छ । जनस्वास्थ्यकर्मीको जनचेतना फैलाउनका लागि प्रमुख भूमिका रहन सक्छ भने त्यस्तै यस संक्रमण फैलन नदिनका लागि साबुनपानीले हाथ धुने, शारीरिक तथा ब्यक्तिगत सरसफाइ, मानिसको प्रत्यक्ष सम्पर्कबाट टाडा रहने, रोग फैलने तरीका तथा यसको रोकथामका उपायहरूका बारेमा जानकारी दिने जस्ता कार्य सम्पादनमा भूमिका रहन जान्छ ।

हाम्रो देशमा रहेका जनस्वास्थ्यविज्ञहरूको सहकर्यमा यस महामारी फैलन नदिन र रोकथामका लागि विभिन्न नीति तथा कार्यक्रम निर्माण गर्नसमेत सरकारले जनस्वास्थ्यकर्मीको प्रयोग गर्न सक्छ । यदि यस महामारीको समयमा जनस्वास्थ्यसँगको सहकर्यमा काम अगाडि बढाउने हो भने अझ प्रभावकारी ढंगबाट यस रोगको नियन्त्रण गर्न सहयोग पुग्न सक्छ ।

पूर्वअनुभवहरू हेर्ने हो भने, २०७२ सालको भूकम्पबाट निम्तिएको समस्या न्यूनीकरणमा जनस्वास्थ्यकर्मीहरूको भूमिका एकदमै महत्त्वपूर्ण पाइएको थियो । त्यसबाट पनि पाठ सिकेर जनस्वास्थ्यसँगको सहयोग र सहकार्यमा अगाडि बढ्नुपर्ने जरूरी देखिन्छ ।

जनस्वास्थ्य मात्र नभइ यस बिसम परिस्थितिका विरुद्ध लड्नका लागि अन्य विभागसँगको सहकार्य पनि अपरिहार्य रहन जान्छ । यस परिस्थितिबाट गुजरीन हामी हरेक नेपाली जनता आफैंमा सजक भइ सरकारले आह्वान गरेका हरेक निर्णयलाई पालना गरी अगाडि बढ्न पनि उत्तिकै जरूरी हुन जान्छ ।

सबै घरभित्रै बसौं, पटकपटक साबुन पानीले मिचिमिचि हात धोऔं, भीडभाडमा नजाऔं, अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कौं र आफू सुरक्षित हुँदै आफू बचौं र अरुलाई पनि बचाऔं ।

Loading...