वीपीको उपकुलपतिमा डा. गिरी नियुक्त

विराटनगर, २८ चैत । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.ज्ञानेन्द्र गिरीलाई नियुक्त गरिएको छ । विराटनगर स्थित विराट मेडिकल कलेजमा कार्यरत डा। गिरीलाई बिहीबार सरकारले उपकुलपतिमा नियुक्त गरेको हो ।

डा।गिरीलाई स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सिफारिसमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले नियुक्त गर्नुभएको हो । गिरीलाई उपकुलपतिको पत्रसमेत प्रदान गरिसकिएको छ । हाम्रोमत दैनिकको अनलाइनमा समाचार छ ।

कोरोना संक्रमणको भयले दुई सातादेखिको देशव्यापी लकडाउन जारी नै छ । लकडाउनकै कारण गरीब तथा विपन्न वर्गलाई दैनिक गुजारा गर्न झनझन कठिन बनिरहेको छ । भोको पेटको पीडा त छँदैछ, यहिबेलामा राहत लिनका लागि जम्मा हुने मानिसहरुको भिडबाट कोरोना भाइरसलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्नसक्ने सम्भावना बढाएको छ ।

यहि मौकामा प्रदेश सरकार, स्थानीय सरकार, सांसद, राजनीतिक दल, नागरिक समाज र दानबीर व्यक्तिहरु विपन्न व्यक्तिहरुको दैनिक गुजारालाई सहज बनाउन आवश्यक सहयोग जुटाइरहेका छन् । तर त्यसरी सहयोग जुटाइरहँदा सहयोग गर्ने पद्धति हेर्दा भने तिनै भोका पेटहरु भने अत्यन्तै जोखिममा परेका छन् । सामाजिक दुरीको ख्यालै नगरी राहत दिने नाममा संक्रमण फैलाउने सम्भावना बढाएको हो । उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

Loading...