उपभोक्ता ऐन आकर्षित हुने, ४५ प्रतिशतले घट्यो विद्युत् उत्पादन

काठमाडौं, २८ चैत । सस्तो मूल्यमा आयात गरी ज्वरो नाप्ने थर्मल गन बिक्रीबाट उपभोक्तासँग अत्यधिक मूल्य असुल गरेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पाँच वर्षसम्म कैद गर्न सकिने कानुनी प्रावधान छ।

उनीमाथि उपभोक्ता संरक्षण ऐनअनुसार पाँच वर्षसम्म कैदसहित आर्थिक जरिवाना गराउन सकिने उपभोक्तावादी तथा कानुन व्यवसायीले बताएका छन्। उनीहरूले कडा कारबाही गर्ने पर्याप्त आधार भए पनि सरकारले मिलेमतो गरी अग्रवाललाई कालोबजारीको कमजोर कानुन लगाई उन्मुक्ति दिन लागेको जानकारी दिएका छन्। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

नदीनालामा पानीको मात्रा घट्न थालेपछि नेपालका जलविद्युत् गृहको उत्पादन करिब ४५ प्रतिशतले घटेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक सुक्खायाममा जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमतामा पानीको अभावले ह्रास आउने गर्छ ।

यसपटक पनि नदीहरूमा पानीको मात्रा निकै बढी घटिसकेकाले हरेक आयोजनाको औसत उत्पादन ४५ प्रतिशजतिले घटेको छ । जलाशययुक्त आयोजना बाहेक रन अफ दि रिभर र पिकिङ आयोजनामा उत्पादन घट्ने गरेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Loading...