birat ribon

दाह्री ग्याङले बनाएको कोरोना टेस्टिङ बुथ अस्पताललाई हस्तान्तरण

Neuro
दाह्री ग्याङले बनाएको कोरोना टेस्टिङ बुथ अस्पताललाई हस्तान्तरण

चितवन, २७ चैत । दाह्री ग्याङ चितवनले दुई अस्पताललाई कोरोना टेस्टिङ बुथ हस्तान्त्रण गरेको छ ।

Padelux insider
cura insider

कोरोना भाइरस संक्रमणको आशंका लागेका व्यक्तीको जाँचका लागि दाह्री ग्याङले निर्माण गरेको कोरोना टेस्टिङ बुथ हस्तान्त्रण गरेको हो ।

६० हजार रूपैयाँ लगानीमा निर्माण गरिएको बुथ बिहिबार भरतपुर केन्द्रीय अस्पताल र भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पताललाई बुथ हस्तान्तरण गरेको दाह्री ग्याङ चितवनका संयोजक रेशम अधिकारीले बताए ।

बुथ दाह्री ग्याङ चितवनले महाबिर पुनले सञ्चालन गर्दै आएको नेपाल आविष्कार केन्द्रसँगको सहकार्यमा निर्माण गरेको थियो ।

भरतपुर अस्पतालका अध्यक्ष एवं चितवन कोरोना विशेष (अस्थायी) अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले बुथलाई कोरोना भाइरस संक्रमण आशंका लागेका व्यक्तिको स्वाब संकलन तथा ज्वरोको क्लिनिकमा प्रयोग गरिने बताए ।

jackson ribon