birat ribon

दुई पत्रकार र चालकसहित संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्ने तयारी

Neuro
दुई पत्रकार र चालकसहित संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्ने तयारी


बिरगंज,२७ चैत । गृह मन्त्रालयको निर्देशन अनुसार दुई जना पत्रकार , एक जना सवारी चालक सहित समाजबादी पार्टीका संघिय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्नेृ पर्सा प्रशासनले तैयारी गरेको छ ।

cura insider

सांसद यादवले चालक र पत्रकारसहित भारत पुगेर क्वारेन्टाइनमा बसेका व्यक्त्तिहरुसँग बुधबार भेटघाट गरेर नेपाल फर्किएको सार्वजनकि भएपछि बिहिबार गृह मन्त्रालयले गरेको निर्देशन अनुसार सांसद यादव सहित चार जनालाई क्वारेन्टाइनमा राख्ने पर्सा प्रशासनले तैयारी गरेको हो ।

पर्सा १ नम्बर क्षेत्रबाट निर्वाचित संसाद यादवले बिरगंजबाट दुई जना पत्रकारहरु सहित भारत पुगेर क्वारेन्टाइनमा बसेका मानिशहरुसँग भेटघाट गरेकोले चार जनाले नै क्वारेन्टाइनमा बस्नुपर्ने पर्साका सिडिओ ललितकुमार बस्नेतले बताएका छन ।

कोरोना भाइरस संक्रमण रोकथामकालागि चिकित्सक बाहेक अरुले क्वारेन्टाइनमा भेटन पाइदैन ।

jackson ribon