birat ribon

कालोबजारी आरोपमा किर्गिज दुत अग्रवालको पद खारेज

Neuro
कालोबजारी आरोपमा किर्गिज दुत अग्रवालको पद खारेज

काठमाण्डौ,२७ चैत । स्वास्थ्य सामग्री कालोबजारी गर्ने नेपालका लागि किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक दूत सुलभ अग्रवालको पद सरकारले खारेज गरेको छ ।

Padelux insider
cura insider

कूटनीतिक सुविधा र विशेषाधिकार प्रयोग गर्दै कालोबजारी गरेको आरोपमा ज्वरो नाप्ने थर्मल गनसहित पक्राउ परेका अग्रवालको पद सरकारले बुधबार साँझदेखी खारेज गरेको छ ।

बुधबार साँझ परराष्ट्र मन्त्रालयले नेपालमा रहेका सबै मानार्थ अवैतनिक वाणिज्यदूतहरूलाई उपलब्ध गराइएका केही विशेष सुविधा खोसिएको जानकारी पनि गराएको छ ।

कोरोना संक्रमण अवधिभर दुतहरुले अब नीलो नम्बर प्लेट र सवारी साधनमा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउनै छैनन ।

२५ चैतमा राजधानीको नक्सालस्थित बालमन्दिरबाट ३५ सय पर्ने ज्वरो नाप्ने थर्मल गर्न ५ हजारमा बिक्रि गर्दैगर्दा ४५ बर्षिय अग्रवाललाई प्रहरीले पक्राउ गरेको थियो ।

अग्रवालाई बुधबार काठमाण्डौ जिल्ला अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।

शङ्कर ग्रुपका सञ्चालक अग्रवालले कालोबजारी गर्न निलो प्लेटको २०९एचसीसी नम्बरको झण्डावाल पजेरो प्रयोग गरेका थिए ।

jackson ribon