Rumpum

Rumpum Advertisement

कोरोना भाइरसबाट पैसालाई संक्रमणरहित बनाउने तरिका

कोरोना भाइरसबाट पैसालाई संक्रमणरहित बनाउने तरिका

विराटनगर, २७ चैत । पैसा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै आदानप्रदान हुने हुँदा पैसाबाट रोग सजिलै भाइरसको संक्रमण सर्न सक्ने जोखिम धेरै हुन्छ ।

दैनिक रूपमा प्रयोग गर्ने पैसा हामीले सोंचेभन्दा धेरै फोहोर हुने हुँदा पैसालाई संक्रमणरहित बनाउनका लागि जनावास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले आफ्नो फेसबुकमार्फत केही सुझाव सेयर गरेका छन् ।

पैसाको एउटा नोटमा समेत संक्रमण फैलाउन सक्ने सयौं किसिमका ब्याक्टेरिया, फंगस तथा भाइरस हुन्छन् ।

पैसा जसको हातमा पनि पुग्ने भएकोले पैसा विभिन्न रोगको संवाहक हुनसक्छ ।

पैसाको नोटभन्दा क्वाइनमा भाइरस तथा ब्याक्टेरिया धेरै समय रहन सक्छ ।

नोटमा २ दिनसम्म र क्वाइनमा लामो समयसम्म भाइरस रहन सक्छ ।

स्विस अध्ययनले पैसामा १२ दिनसम्म जीवाणु रहन सक्ने बताएको छ ।

अध्ययनले बताएको अनुसार १० प्रतिशत कोरोना भाइरस ४ घण्टासम्म मात्र नोटमा रहन सक्छ ।

जसलाई रातभर सुख्खा ठाउँमा राखेमा वा २ घण्टा घाममा राख्ने सामान्यतया संक्रमणरहित हुन्छ ।

क्वाइनलाई स्प्रिट वा स्यानिटाइजरले सफा गरेर घाममा सुकाएर सुरक्षित गर्न सकिन्छ ।

पन्जा लगाएर मात्र पैसाको कारोबार गर्ने, पैसालाई भान्सा, बैठक वा सुत्ने ठाउँमा नराख्ने, प्रयोग भएको पैसालाई सुख्खा ठाउँमा फिजारेर राख्ने तथा सामान किन्दा खुद्रा मिलाएर फिर्ता लिनु नपर्नेगरी दिनु उपयुक्त हुने गर्छ ।

यी जति उपाय गरेपनि सबैभन्दा प्रभावकारी उपाय भनेको पैसा छोएपछि हातले नाक, मुख तथा आँखामा नछुने एबम साबुनपानीले मिचिमिची हात धुने नै हो ।

क्यासको विकल्पको रूपमा कार्ड प्रयोग गरिने भएपनि कार्ड पनि संक्रमित हुनसक्छ ।

अनलाइन कारोवारलाई सुरक्षित मानिन सकिन्छ ।

चीनमा कोरोना संक्रमण सुरु भएदेखि पुराना नोटहरूलाई नष्ट गरिँदै आएको छ भने टर्कीमा पैसालाई संक्रमणरहीत बनाउने मेसिनको प्रयोग गरिएको छ ।

कोरियामा नोटलाई १५० डिग्री सेल्सियसको तापक्रम दिएर मात्र बजारमा पठाइन्छ भने हंगेरीमा नोटलाई १४ दिन क्वारेन्टाइनमा राखेर १७० डिग्री सेल्सियस तापक्रम दिएर बजारमा पठाने गरेको पाइन्छ ।

त्यस्तै कुवेतमा पैसालाई ४ हप्ता र अमेरिकाले पनि संक्रमित ठाउँबाट ल्याएको पैसालाई क्वारेन्टाइनमा राख्दै आएको छ ।

केही देशमा नोटलाई सर्फ पानीमा भिजाएर घाममा सुकाउने गरिएको पाइन्छ भने किटाणु मार्नको लागि नोटमा आइरन गर्ने अभ्यास पनि रहेको छ ।