सुनसरीको मस्जिदमा फेरि ११ पाकिस्तानी नागरिक भेटिए

विराटनगर, २७ चैत । सुनसरीको एक मस्जिदमा फेरि ११ जना पाकिस्तानी नागरिक भेटिएका छन् । गत फागुन २४ गते धर्म प्रचारको लागि काठमाडौं हुँदै सुनसरी प्रवेश गरेका उनीहरु बसेको दुहवी–१ स्थित जामे मस्जिदमै क्वारेन्टाइनमा राखिएको सुनसरी प्रहरीले जनाएको छ ।

लकडाउन सुरु हुनु अगाडि नै मस्जिदमा आश्रय लिएर बसेका मो। नवाज भुट्टो, मो। सम्भान, फौजान अलि, नजामुदीन, मक्स्युद अहमद, महमद बुक्स, महमद सव्भान, जाहिर हुसैन, ड्याड मो। चाचर, मो। रमजान, जाहुर अहमदलाई स्थानीय मोहमद रामजान मियाको निगरानीमा जामे मस्जिदमा राखिएको छ । हाम्रोमत दैनिकको अनलाइनमा खबर छ ।

हाम्रोमतमानै सुनसरीको दुहबी–९ छाताबेलिस्थित संचालनमा रहेका जय बाबा इँटा उद्योग जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशनमा बन्द भएको पनि खबर छ ।

तीन दिनअगाडि सो इँटा उद्योग लकडाउनको बेला संचालन गरेको विषयलाई लिएर दुई समूहबीच बिवाद बढेपछि फेरि त्यसखालको विवाद नबढोस् भन्दै जिल्ला प्रशासन कार्यलय सुनसरीको निर्देशनमा उद्योग बन्द गराईएको ईलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्कीले बताए ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको अवस्थामा पनि लागू औषधका कारोबारी सकृय देखिएको मोरङ प्रहरीले जनाएको छ । लकडाउनको कार्यान्वयन गर्ने काममा सुरक्षाकर्मीको ध्यान केन्द्रित भएको बेला मोरङको बेलबारीबाट प्रहरीले ३१ ग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिराहाको मिर्चैया–५ घर भएका २७ बर्षीय सन्तोष सिंह र २४ बर्षीय विजय मण्डल रहेका छन् । उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

Loading...