अधिवेशनभर चार विधेयक मात्र पारित

काठमाडौँ, २७ चैत । संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणको अधिवेशनका रूपमा लिइन्छ तर विधेयक अधिवेशनमै यो पटक कानुन तर्जुमाको अवस्थामा भने निकै फितलो रह्यो । चालू अधिवेशन अन्त्य गरिएको छ ।

कोरोना भाइरसको जोखिम बढेपछि चैत ७ गते यता कुनै पनि सदन चलेका थिएनन् । यद्यपि गत वर्षभन्दा ढिला गरेर नै अधिवेशन अन्त्य गरिएको छ । संसदीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार दुवै सदनबाट पारित भई प्रमाणीकरण योग्य रहेका चार विधेयक छन् । जसमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक र शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन र प्रमाण (दोस्रो संशोधन) विधेयक छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रधानमन्त्री केपी ओलीले ओमानका हिज हाइनेस ९राजकुमार० शैयद फहाद वीन महमुद अल सइदसँग फोनवार्ता गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव र त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओलीले त्यहाँका उपप्रधानमन्त्रीकोसमेत जिम्मेवारी लिएका सइदसँग कुराकानी गरेका हुन् । बुधबार साँझ ओलीले सइदसँग कुराकानी गरेको जानकारी ट्वीटरमार्फत् दिए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Loading...