फिल्ड अनुगमन बन्द छ – घरमै बसेर जानकारी लिइरहेका छन

विराटनगर , २६ चैत । विश्वभरी मानव संहार गरिरहको कोरोना भाइरस संक्रमणको त्रासमा को छैन होला र । अनि कोरोना संक्रमण रोकथामकालागि दुईहप्तादेखी भैरहेको लामो लकडाउनको प्रभावमा को परेको छैन होला ? एक नम्बर प्रदेशका मानव अधिकारबादी अधिकारकर्मीहरु पनि लकडाउनको असर प्रभावबाट अलग्गै छैनन । जानौ अधिकारकर्मीहरुको लकडाउन अवस्था ।

मोहनदेव जोशी

राष्ट्रिय मानव अधिकार आयोग एक नम्बर प्रदेश कार्यालयका प्रमुख मोहनदेव जोशी लकडाउनका बेला मानव अधिकार हनन र उल्लंघन नहोस भनेर चिन्तित छन । तर बन्द हडताल र कर्फुजस्तो समय नभएकोले उनले फिल्डमा गएर प्रत्यक्ष अवलोकन गरेर चाहेजसरी अनुगमन गर्न पाएका छैनन । उनी दैनिक ११ देखी साढे बाह्र बजेसम्म आयोगको केन्द्रिय कन्फ्रेन्समा सहभागी हुन्छन । आयोगले सातबटै प्रदेशका प्रमुखहरुबाट लकडाउनमा मानव अधिकारको अवस्थाबारे भिडियो कन्फ्रेस मार्फत जानकारी लिने गरेको छ । जसले आयोगलाई आफनो धारणा बनाउन सहयोग पुगिरहेको छ । प्रमुख जोशी कन्फ्रेन्सपछि चाँही घर वा कार्यालयमै बसेर फोन , म्यासेन्जर र ईमल माफर्त लकडाउनमा मानव अधिकारको अवस्थाबारे जानकारी लिइरहेका छन । उनलाई कोरोना भाइरसको संक्रमणबारे थाहा नहुने कुरै भएन यसैले आफनो सुरक्षामा उनी सर्तक छन ।

गीता दहाल

आयोगकी अनुसन्धान अधिकृत गीता दहाल लकडाउनमा आफुलाई र परिवारलाई सुरक्षित राख्न सर्तकछिन । तर मानव अधिकारकर्मी भएकोले उनी परिवारमै मात्र सिमित छैनन । उनी आयोगले निर्देशन गरेका घटनाहरुबारे जानकारी लिएर प्रतिबेदन बनाउन लकडाउनमा झन व्यस्त छिन । उनलाई लकडाउनमा अस्पतालहरुमा विरामीहरुले उपचार नपाएको पटक्कै चित्त बुझेको छैन । यसबारे आयोगले स्वास्थ्य उपचारको हकबाट बञ्चित नगर्न सबैलाई अनुरोध गरिसकेको छ ।


सोमराज थापा

मानव अधिकार रक्षक परिषदका संयोजक तथा ईन्सेक एक नम्बर प्रदेश कार्यालयका प्रमुख सोमराज थापालाई पारिवारिक संकट आइपरेको छ । श्रीमतीको दुबै मृगौला फेल भएकोले उनको लकडाउन अस्पतालमै बितिरहेको छ । विराटनगरको नोबेल अस्पतालमा श्रीमतीलाई भर्ना गराएर उपचार गराइरहेका अधिकारकर्मी सोमराज थापालाई लकडाउनका बेला मानव अधिकार हनन उल्लंघनको जानकारी लिन नभ्याएकोमा पछुतो छ । उनलाई लकडाउनका बेला अस्पतालहरुले गरेको मनोमानी र कमाउ प्रबृत्ती पटक्कै चित्त बुझेको छैन ।

उमेश विश्वकर्मा

गैरसरकारी सँस्था महासघका केन्द्रिय सचिव उमेश बिश्वकर्मा अस्वस्थ्य छन । यसैले विराटनगर स्थित आफनै घरमा आराम गरेर लकडाउन पालना गरिरहेका छन । उनी गरिब दलितहरुलाई राहत बितरणमा ढिलाई र भेदभाव गर्नुहुदैन भन्ने छ । यसैले फोनबाटै उनी जानकारी लिने र समन्वय गर्ने काम गरिरहेका छन । कोरोना भाइरस संक्रमणले गर्दा २१ मार्चदेखी सुरु हुने संबृद्धीलागि एक महिने दलित अधिकार यात्रा मात्र नभएर बैसाख लोकतन्त्र दिवसको दिन विराटनगरमा आयोजना गर्ने दलित राजनैतिक तथा नागरिक सम्मेलन पनि स्थगित भएको उनलाई खल्लो लागेको छ ।

कोषराज न्यौपाने

राष्ट्रिय मानव अधिकार आयोगका पुर्व निर्देशक तथा अधिबक्त्ता कोषराज न्यौपाने लकडाउने गर्दा विराटनगर स्थित आफनै घरमा छन । उनी घरमै बसेर लेख्ने पढने काम गरेर लकडाउन पालना गरिरहेका छन । यसबाहेक समस्यामा परेका बेसहाराहरुलाई सहयोग जुटाइदिन पनि उनी लागेका छन । न्यौपाने विराटनगर स्थित मानव सेवा आश्रमका अभिभावक पनि हुन । जहाँ सडकमा भौतिरिका र अलपत्र परेका बिक्षिप्त र मानसिक रोगीहरुलाई संरक्षण दिने गरिन्छ ।


मन्जिता उपाध्याय

अधिकारकर्मी मन्जिता उपाध्याय पनि विराटनगर स्थित घरमै बसेर लकडाउन पालना गरिरहेकी छन । मानसिक स्वास्थ्यकालागि वकालत गर्ने पहल नेटवर्ककी संयोजक मन्जिता लकडाउनकाबेला कोही पनि मानिसक रोगीहरु उपचारबाट बन्चित हुननपरोस भन्ने कामना गर्छिन । अध्यामित्क र्दशनमा पनि रुचि राख्ने मन्जिता लकडाउनमा योगा र ध्यान नियमति गरिरहेकी छन ।


सञ्जु शाह

अधिकारकर्मी सञ्जु शाह लकडाउन घोषणा भएपछि घरबाट कतै निस्किएकी छैनन । उनी समाजिक सञ्जाल र न्युजहरु हेरेर दिन बिताउदैछिन । बफरडेक नामक सँस्थाकी अध्यक्ष उनी लकडाउनको बेला घरेलु हिँसा बढेको सूचना आफुकहाँ आउन गरेपनि लकडाउन पालनाकालागि अनुगमनमा जान नपाएको बताउँछिन । भन्छिन , – ‘आएका गुनासाहरु फोनबाटै काउन्सिसिलिङ गर्ने गरेको छु १६ दिन भयो घरमै छु ।’

दिपक सेन्चेउरी

ओरेक नेपाल विराटनगरका प्रमुख दिपक सेन्चेउरी लकडाउन डेरा र अफिसमै सर्तकता अपनाएर विताइरहेका छन । उनी लकडाउनका बेला हिँसा पिडितहरुमा मानसिक समस्या नदेखियोस भनेर सचेत छन । यसबारे उनी सोधखोज पनि गर्नेगर्छन । यसबाहेक समयसमायिक राजनीतिमा पनि रुचि राखेर जानकारी लिइरहेका छन र समाजिक सञ्जालमा आफना स्टाटसहरु लेखिरहेका छन ।


अमर बराइली

दलित समुदायको मानव अधिकार क्षेत्रमा क्रियाशिल अधिकारकर्मी अमर बराइली लकडाउनको समयमा किताब लेखनमा लागेका छन । उनले लकडाउनको समयमा दलित समुदायर कानुन नामको पुस्तक लेखेर सकेका छन । लकडाउन खुल्ने बित्तिकै किताब प्रकाशन गरेर अधिकारकर्मीहरुको हातहातमा पुरयाउने उनको योजना छ ।


वासु अधिकारी

सिबिन नेपाल विराटनगरका प्रमुख बासु अधिकारी सुरक्षित बसेर लकडाउन पालना गर्दैछन । तर बाल अधिकारकर्मी पनि भएकोले उनी लकडाउनमा बालवालिकाको अवस्थारे पनि दिनहुँ जानकारी लिइरहेका छन । उनले लिएको जानकारी अनुसार हालसम्म एक नम्बर प्रदेशको क्वारेन्टाइनमा एक जना पनि बालबालिका छैनन । लकडाउनमा अलपत्र परेका बालबालिकाहरुलाई सहयोग आवश्यरे उनी तम्तयार भएको बताउँछन । कोरोना संक्रमण नियन्त्रण नभएसम्म बालसुधार गृह , पुर्नस्थापना गृह कतैपनि नयाँ बालवालिकाहरुलाई राख्नु हुदैन भनेर जानकारी लिनेदिने काम पनि बासु गरिरहेका छन ।

राम कार्की

राष्ट्रिय अपाङग महासंघ एक नम्बर प्रदेशका पुर्व अध्यक्ष तथा घाइते योद्धा प्रतिष्ठानका महासचिव राम कार्की लकडाउनमा कोरोना संक्रमण हुन नदिन सर्तक छन । तर उनी घरमा बसिरहन पाउँदैनन । आफनै शारिरीक रुपले अपांगता भएका उनी कहिले आफनो घरगाउँ मोरङ केरावारी त कहिले विराटनगर वा अन्यत्र उनले आउजाउ गरिरहनुपर्छ । लकडाउनमा उनी केरावारी पालिकामा राहत वितरणमा सहयोगी भुमिका निभाइरहेका छन ।


डिकप्रसाद घिमिरे

डिकप्रसाद घिमिरे मानव अधिकार सञ्जाल एक नम्बर प्रदेशका अध्यक्ष हुन । उनी पनि लकडाउनको समयमा घरमै बसेर सर्तकता अपनाइरहेका छन । राज्यले लकडाउनको समयमा गैरसरकारी क्षेत्रका अधिकारकर्मीहरुलाई भुमिका नदिएकोले फुर्सद भएको उनी बतााउँछन । अर्को कोरोना भाइरसको सक्रमण रोकथामकालागि सबैले घरमै बस्नु उत्तम भएकोले पनि आफुहरु अनुगमनमा बाहिर ननिस्किएको उनी बताउँछन ।

शान्ति गजमेर

दलित अधिकारकर्मी शान्ति गजमेर पनि सर्तक भएर लकडाउन पालना गरिरहेकी छन । तर घरभित्र मात्रै चुपलागेर बस्न नसक्ने उनको स्वभाव छ । यसैले लकडाउनका बेला आपतमा परेकाहरुलाई सहयोग गर्न उनी खटिरहेकी छन । यसबाहेक कोरोना भाइरसको संक्रमण रोकथामकालागि सचेतना अभियानमा पनि उनी लागिरेकी छन । दलित जनअधिकार सगठनकी अध्यक्ष र दलित पत्रकार संघ एक नम्बर प्रदेशकी उपाध्यक्ष शान्ति लकडाउनकाबेला सबैभन्दा पछाडी पारिएको दलित समुदायमाथि भएको व्यहारलाई नजिकबाट नियालीरहेको बताछिन ।

Loading...