एनसेलको ब्यालेन्स सकियो ? अनलाइनबाट हुन्छ रिचार्ज

विराटनगर, २६ चैत । कोरोना महामारीको सम्भावित जोखिम नियन्त्रणका लागि सरकारले लक डाउन आह्वान गरेको छ । लकडाउनका कारण बजारपसल बन्द छन् ।

विपद्को अवस्थामा मोबाइलका रिचार्ज कार्ड पाउन पनि मुस्किल छ । एनसेलले ग्राहकलाई वेबसाइट सहज रुपमा रिचार्ज गर्न सकिने सुविधा दिदै आएको जनाएकाे छ ।

एनसेलले बैंकको डेबिट कार्डको आधारमा आफ्नो आवश्यकता अनुसार रिचार्ज सकिने बताएको छ । डेभिट कार्ड प्रयोग गरी वेभाइट मार्फत आफुले चाहेको कुनै एनसेल नम्बरमा रिचार्ज गर्न सकिने छ ।

एनसेलको वेबसाइट लगअन गरि अनलाइन रिचार्ज भन्ने अप्सन मार्फत सहज रूपमा रिचार्ज गर्न सकिने एनसेलले जनाएकाे छ ।

Loading...