काठमाडौं, २६ चैत । कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामका लागि सरकारले गरेको लक डाउनमा काठमाडौं शान्त बनेको छ ।
सुरुवाती अवस्थामा लकडाउन उल्लङघन भएपनि तेस्रो हप्ता चलिरहँदा काठमाडौं शान्त बनेको हो ।

काठमाडौं कोलाहल छैन । सडकमा रङ रोगन पनि गरिएको छ । चिल्ला सडकमा प्रहरी बाहेक छिटफुट मानिस र सवारी देखिन्छन् । लकडाउनमा सरकारले सडक व्यूटि फिकेशन गरेका कारण सडकहरु चिल्ला र राम्रा देखिएका छन् ।

धुवा धुलो तथा प्रदुषण गाडीका आवाज सुनिएको छैन । मंगलबार मौसम पनि खुलेको छ । यहाँ काठमाडौंका विभिन्न स्थानबाट देखिएको दृश्य प्रस्तुत गरेका छौं ।










तस्बिरहरु: कृष्ण कुमार दाहाल ( शिशिर ) / काठमाडौँ’